क्वारेनटाइनमा बसेका ७२ जना घर फिर्ता

eQmk'/, # kmfu'g M eQmk'/sf] vl/kf6Ll:yt ljB't k|flws/0fdf agfPsf] Sjf/]G6fOg ejgdf rLgaf6 kmsf{OPsf g]kfnL ;'Tg] sIf, hxfF ;Dk"0f{ ;fdfgsf] Joj:yf ul/Psf] 5 . t:jL/ M /d]z lu/L, /f;;

बर्दिया । बर्दियामा क्वारेनटाइनमा बसेर १५ दिन पुर्याएका व्यक्तिलाई र्यापिड टेष्ट गर्दै घर–घरमा पुर्याइएको छ । बर्दियाका बिभिन्न स्थानमा १५ दिनसम्म क्वारेनटाइनमा बसेकालाई कोरोना आर.डि.टि. र्यापिड टेष्ट गरी संक्रमण पुष्टि नभएपछि उनीहरुलाई घर पुर्याइएको हो ।

छिमेकी देश भारत र तेस्रो मुलुकबाट आएकाहरुलाई बर्दिया जिल्लाका स्थानीय तहहरुमा रहेका विद्यालयलाई क्वारेनटाइन बनाई सुरक्षित साथ राखिएको थियो । जस मध्ये क्वारेनटाइनमा बसेर १५ दिन पुरा गरेका बारबर्दियाका २७, गुलरियाका २४, ठाकुरबाबाका ४ र गेरुवाका १७ जना गरी ७२ जनालाई गरिएको र्यापिड टेष्ट सबैको नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेनटाइनबाट विदाई गरिएको हो ।

बारबर्दिया नगरपालिकाले क्वारेन्टाइनमा बसेर घर फर्केका सबैलाई घर गएपनि एक सातासम्म बाहिर नगएर घरमै बस्ने सफत खुवाएर घरसम्म पुर्याएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताए ।

बारबर्दिया नगरपालिकाले घर जाने तयारी गरेकाहरुलाई २ थान साबुन र हात पुछने रुमाल चिनो स्वरुप प्रदान गरी सम्मान पुर्वक क्वारेनटाइनबाट विदाइ गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेनटाइनमा ३ सय ९२ जना बसेका थिए । जस मध्ये ७२ जना घर गएपछि अव क्वारेनटाइनमा बसेकाहरुको संख्या घटेर ३ सय २० पुगेको छ । उनीहरुलाई पनि क्वारेनटाईनमा बसेको १५ दिन पुगेपछि र्यापिड टेष्ट गरी घर जाने ब्यवस्थापन मिलाइने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएका छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह