काठमाडौं पछि कोशी प्रदेशमा चलचित्र सुपुग

काठमाडौं । लिम्बु साँस्कृतिकमा आधारित नेपाली चलचित्र ‘सुगुप’को काठमाडौं उपत्यकामा विशेष प्रदर्शनपछि प्रदेश १ का विभिन्न शहरमा यतिबेला रिलिज गरिएको छ ।

काठमाडौं, ललितपुरमा सम्पन्न विशेष प्रदर्शनमा दर्शकले चलचित्र रुचाएपछि यसलाई पूर्वेली दर्शकमाझ रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

धरान, इटहरी, बिर्तामोड, झापा, भद्रपुर लगायतका स्थानमा विशेष प्रदर्शन भइरहेको छ । यसैबीच सुगुपको कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा शनिबार विशेष प्रिमियर गरिएको छ । विशेष प्रदर्शनीमा यो चलचित्रका कलाकार प्राविधिकलाई सम्मान समेत गरिएको छ ।

शनिबार विर्तामोडमा भएको प्रदर्शनमा सबै सो फुल भएपछि यसको प्रदर्शन निरन्तर राखिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि प्रदर्शनी गरिने भएको छ ।

लोकेन साँबा लिम्बुको निर्देशन रहेको सुगुपमा मौसम इम्बुङ, प्रेम सुब्बा, यासेलि योङहाङ, बबिता नेयोङहाङ लिम्बु, सुम्निमा खापुङ, डम्बर कुमारी पयाङ्गु, निता लिम्बु योमन सोदेम्बा तिर्थ राज मादेम्बा लिम्बु लगायत कलाकारहरुको जीवन्त अभिनय रहेको छ ।

यसको प्रस्तुतकर्तामा रबिन कुमार नाल्बो, निर्मातामा शैलेन्द्र कुमार नाल्बो र दिल माया लाबुङ नाल्बो, सह निर्मातामा एलपि साँबा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल