कोरोना भाइरसबाट विश्वभर १४ नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभर १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जना नेपालीको ज्यान गएको हो ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तीमा ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

बेलायतमा सबैभन्दा बढी ८ नेपालीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा चितवनका ४० वर्षीय प्रशान्त अर्याल, पर्वतका ५९ वर्षीय चेतप्रसाद गुरुङ, सोलुखुम्बुका ५८ वर्षीय शिव श्रेष्ठ, पर्वतका ५६ वर्षीय भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङ र ६६ वर्षीय लिलाबहादुर राई को मृत्यु भएको हो ।

नातिको विवाह भोज खान बेलायत पुगेका ७५ कर्णबहादुर क्षेत्रीको गत बुधवार मुत्यु भएको थियो । यस्तै एमबहादुर मल्लको ८६ वर्षको उमेरमा हिजो शनिवार बिहान ज्यान गयो ।

अमेरिकामा मृत्यु हुनेमा पाँचथर घर भएका ५० वर्षीय अनिल लिम्बु, सोलुखुम्बुका ४३ वर्षीय ङिमा तेम्बा शर्पा र मुस्ताङका ४८ वर्षीय थोंग्वेन विष्ट रहेका छन् । ४० वर्षीय सोनाम लामाको कोरोनाका कारण मृत्यु भए–नभएको पुष्टी भएको छैन ।

उनलाई उपचारपछि अस्पतालले घरमै बसेर आराम गर्न भनेकाले कोरोना पुष्टी नभएको हो । कोरोनाका कारण मृत्यु भएको भनिएका अर्का नेपाली अजयमान छोचुको भने हृदयघातका कारण मृत्यु भएको हो । उनी उपचाररत अस्पतालले अजयमानको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ रहेको जनाकारी दिएको छ ।

कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीकी ४० वर्षीया बिनु पराजुलीको संक्रमणका कारण मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जानकारी दियो ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना