संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–२ मयूममा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ । अज्ञात समूहले चैनपुर–नुनढाकी सडक खण्डमा काम गर्दे गरेको २ च ६००० नम्बरको स्काभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले चैनपुर –नुनढाकी सडक खण्डमा राखेको स्काभेटर शनिबार राती १२ बजे आगो लगाएका थिए। आगजनी बाट स्काभेटरको विभिन्न भागमा क्षति पुगेको अमर कन्ट्रक्सन निर्माण सेवाका थमान गुरुङले बताए ।
अमर कन्ट्रक्सन निर्माण सेवाले चैनपुर–नुनढाकीे को १९ किलोमिटर सडक खण्डमा काम गरिरहेको छ । स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन । स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक उपेन्द्र खरेलले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)





