खोटाङमा आयोजित कविता प्रतियोगीतामा सुनसरीका सिवा प्रथम

प्रथम स्थान हासिल गरेका किरण सिवालगायत अन्य सहभागी कविहरु ।

खोटाङ । खोटाङमा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगीतामा सुनसरीका किरण सिवा प्रथम भएका छन । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवु अन्तरगत हलेसीमा बिहिबार आयोजित कविता प्रतियोगीतामा सिवाको ‘विर्खे दमाई’को आवाज शीर्षक कविताले प्रथम स्थान हासिल गरेको हो ।

विभिन्न जिल्लाका १६ जना श्रष्टा मध्ये भोजपुरका संग्राम किराती दोस्रो र उदयपुरका जीवन चाम्लिङ तेस्रो भएका छन् । किरातीको ‘वाध्यता की रहर ? र चाम्लिङको ‘भरिया दाई’ शीर्षक कविताले क्रमश दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । सिन्धुलीका बावुरम श्रेष्ठ यात्री चौथो र भोजपुरकी सकिला राई पाँचौं भएका छन् ।

प्रतियोगीतामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेलाई क्रमश ४० हजार, २५ हजार, २० हजार, १७ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना र टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङ तथा रावासावा प्राज्ञिक समाजको सहकार्यमा उक्त कविता प्रतियोगीता आयोजना गरिएको हो । खोटाङ कलाकार समाजसँगको सहकार्यमा जेठ ६ मा १८ वर्षमुनिको खुल्ला गायन प्रतियोगिता र जेठ ८ देखि १० सम्म राष्ट्रिय कराते प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

प्रथम स्थान हासिल गरेका किरण सिवालगायत अन्य सहभागी कविहरु ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु