डस्टाडम हैन भुईमान्छे चरित्र मन पराउँछन् प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्काले अब आफ्नो ‘चकलेटी हिरो’को इमेज परिवर्तन गर्ने भएका छन् । चलचित्र प्रेमगीतबाट उनको इमेज नेपाली चलचित्र उधोगमा ‘चकलेटी’ नायकको रुपमा थियो । उनलाई सुरुका दिनमा यही इमेज नै उपयुक्त लागेको थियो । जब उनले चलचित्र प्रकाशमा जुम्लाको एक अस्थायी शिक्षक बन्न गरेको सँघर्षशिल पात्रको चरित्र निर्वाह गरे । त्यसपछिबाट यी अभिनेताको चरित्र चयन सम्बन्धि बुझाईमा परिवर्तन आएको छ ।

चलचित्र प्रकाशमा आफुले निर्वाह गरेको जुम्लाको एक सँघर्षशिल युवाको चरित्रलाई दर्शकले जब अत्याधिक प्रसँसा गरे । त्यसपछि उनी नयाँ चलचित्र पुजार सार्कीमा पनि भुईमान्छेको चरित्रमा जोडिए । यो चलचित्रमा पनि उनी एउटा सपना बोकेको ग्रामिण चरित्रमै फर्किए ।

ललितपुरको सुगम ठाउँमा जन्मिएका अभिनेता प्रदीपको गाउँसँग त्यति धेरै निकटता छैन । साथीहरुसँग फुर्सदमा कहीलेकाही गाउँ घुम्न गएका यी अभिनेताले यसपटक दुई महिना कास्कीको कास्कीकोट गाउँमा बसेर आफुलाई पूर्ण ग्रामिण भूमिकामा परिणत गरे ।

प्रदीपको लागि चलचित्र पुजार सार्कीमा एक दलित युवा मैतबहादुर परियारको भूमिका निर्वाह गर्न त्यति सहज थिएन । उनले यो चरित्र निर्वाह गर्नकै लागि लयबद्ध रुपमा टेम्को र दमाहा बजाउन समेत सिके । आफ्नो भेषभूषा पनि त्यस्तै बनाए । कास्कीकोटको ग्रामिण भाषा तथा लवज सिक्नको लागि केही समय त्यहाँका गाउँलेहरुको सँगत गरे । गाउँलेहरुसँग निरन्तर उनीहरुकै लवजमा कुराकानी गरे । काठमाडौंमा बोलिने लवजलाई उनले त्यहाँ चटक्कै त्यागे । तैपनि उनलाई कास्कीकोटको लवज ग्रहणगर्न निकै गाह्रो परेको थियो,‘चलचित्र प्रकाशमा काम गर्ने क्रममा मैले जुम्ला बसेर त्यहाँको खस भाषा र जुम्लाको ग्रामिण लवज सिकेको थिएँ । यता कास्कीकोटामा बस्दा स्थानीय लवज बोल्दा पनि सुरु सुरुमा मेरो बोलीमा जुम्लाको खस भाषाको लवज आउँथ्यो ।’ कास्की कोटा र जुम्लाको लवज मिसिएर सुरुमा उनले बोल्ने लवज नै अर्कै भएको थियो । करिब दुई साताको नियमित अभ्यासपछि आफुले कास्कीकोटातिरको लवज समात्न सकेको अभिनेता प्रदीप खड्काले बताए ।

चलचित्र पुराज सार्की ग्रामिण क्षेत्रका दलितहरुले जातीय विभेद बिरुद्ध २०४५÷०४६ सालमा गरेको आन्दोलनको कथा हो । ललितपुरको सुगम ठाउँमा जन्मिएका अभिनेता प्रदीपले शहरमा बस्दा छुवाछुत र विभेदलाई राम्ररी नियाल्ने र बुझ्नै मौका पाएका थिएनन्,‘चलचित्र पुजार सार्कीको छायाँकन गर्ने भएपछि लवज अभ्यास र स्थानीय समाज बुझ्न जब म कास्की पुगेँ । त्यहाँको् गाउँमा अझै पनि दलितहरुमाथिको छुवाछुतको व्यबहार देखेर मैले आफ्नो चरित्रलाई अझ राम्ररी बुझ्ने अबसर पाएँ ।’

नेपाली समाजमा दलितहरुलाई माथिल्लो जातीका मानिसहरुले कस्तो व्यबहार गर्छन भन्नेकुरा आफुलाई त्यहाँ बस्दा सबै प्रत्यक्ष देख्ने अबसर पाएपछि सो अनुसारको चरित्र निर्वाह गर्न झनै सजिलो भएको पनि उनले बताए,‘मैतबहादुर एउटा चुलबुले दलित युवा हो । जो आफुभन्दा ठुलो जात (मगर)की छोरीसँग प्रेमगर्छ र ती युवतीसँग विवाह गर्न समाजले नदिएपछि उसले एक प्रकारको बिद्रोह गर्छ ।’ आफ्नो चरित्र’bout प्रदीपले राजधानीसँग भने ।

पुजार सार्कीमा काम गरेपछि चरित्र प्रति यी अभिनेताको सोचाई परिवर्तन भएको छ । अब उनी स्टारडम भन्दा आफ्नो कर्ममा विश्वास गर्ने बताउँछन्,‘स्टारडम भनेको दर्शकले दिएको उपाधि हो र यो जुनसुकै बेला पनि खोसिन सक्छ । तर आफ्नो कर्मलाई ससक्त रुपमा अघि बढाउन सक्यो भने त्यो लामो समयसम्म जिवितरहन्छ ।’ अभिनेता प्रदीपले आफुलाई चकलेटी र स्टारडम देखि भूमिका आउँदा पनि त्यसो भन्दा नितान्त फरक चलचित्र प्रकाश, चलचित्र पुजार सार्कीमा भुईमान्छेको चरित्र निर्वाह गर्नुको कारण पनि आफ्नो चरित्रलाई दीर्घ जीवन दिन चाहेको बताए ।

प्राय चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत हुने प्रदीपले यसपटक अरु दुई अभिनेता आर्यन सिग्देल र पल शाहसँग समानान्तर भूमिका निर्वाह गरेका छन् । निर्देशक दिनेश राउतले यी तीन अभिनेतालाई चलचित्रमा समानान्तर रुपमा उतारेका छन् । तथापि एक दलित युवा (मैतबहादुर)को दृष्टीकोणबाट यो चलचित्रको कथा प्रस्तुत भएको प्रदीपले बताए ।

२०४६ सालको एउटा यथार्थ घटनालाई लेखक बिकाश सुवेदीले ससक्त रुपमा पुजार सार्कीमा उतारेको पनि यी अभिनेताको कथन छ । नेपाली दर्शकले मौलिक पात्र र कथा समेटिएको मौलिक चलचित्र बन्न छाडे भनेर गुनासो गरेको बेला आफुहरुले पुजार सार्की ल्याएको पनि प्रदीप खड्काको कथन छ,‘पुजार सार्कीले दुई दशक अघिको नेपाली ग्रामिण समाजको कथा र त्यतिबेलाको परिस्थित एवम् लवजलाई प्रस्तुत गरेको छ । पिजा र बर्गरमा रम्ने शहरका सम्पन्न युवाहरुको जीवनको कथामात्र हैन, गाउँका ती दलित भुईमान्छेका कथाहरु पनि त्यत्तिकै सँघर्षपूर्ण र मार्मिक छन भन्ने कुरा यसपटक पुजार सार्कीले प्रमाणित गर्नेछ ।’ प्रदीपले भने । यो एउटा मानक चलचित्रको रुपमा नेपाली चलचित्र उधोगमा चिनिने यी अभिनेताको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी