ईश्वरपुरका हजार बालबालिकालाई सजिनाको शैक्षिक सामग्री

सर्लाही । सन् २०१७ मा मिस टिन र २०२३ मा मिस टुरिजमको उपाधि जितेकी ‘मिस सुप्रा नेशनल २०२४’ सजिना खनालले सर्लाहीको ईश्वरपुर नगरपालिका ९ का १५० मुसहर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकी छन् । श्रीलंकामा ‘मिस वल्र्ड टुरिजम २०२३’ मा सहभागी भई ‘मिस एलिगेन्स’ उपाधि जितिसकेकी भएकी खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जाने तयारीमा छन्।

पोल्याण्डमा नेपालको शैक्षिक अवस्थावारे प्रस्तुती दिने योजनामा रहेकी खनालले ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको आग्रह एवम् समन्वयमा मुसहर बालबालिकालाई कापी, कलमलगायतका शैक्षिक सामाग्री प्रदान गरेकी हुन् ।

बालबालिका भविष्यका कर्णधार भएकोले उनीहरुलाई शिक्षामा हामीले सहयोग गर्नुपर्छ भनेर ईश्वरपुरका मेयर आचार्यसहित अन्य संघसंस्थासँग समन्वय गरेर बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको खनालले बताइन । पहिलो चरणमा १५० बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको बताउँदै उनले ईश्वरपुरमा एक हजार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको सुनाइन ।

उनले ईश्वरपुर नगरपालिकाका मेयर आचार्य र यहाँका नागरिक अत्यन्तै सहयोगी भावनाको पाएकीले यहाँ आएर शैक्षिक सामाग्री वितरण गरेको बताइन । उनले आगामी दिनमा आफू पोल्याण्ड गएर आएपछि पनि यहाँका बालबालिकाको शिक्षामा थप केही गर्ने प्रतिवद्धता जनाइन ।

ईश्वरपुरको शैक्षिक अवस्थालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने र यहाँको शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकी खनाललाई ईश्वरपुर नगरपालिकामा काम गर्न आग्रह गरेको मेयर आचार्यले बताए ।

ईश्वरपुरमा आएर यहाँका बालबालिकाको शैक्षिक सुधारका लागि राम्रो कामको थालनी गरेको भन्दै खनाललाई दोसल्ला ओढाई सम्मान गरेका मेयर आचार्यले गरिब दुखिका लागि कसरी राम्रो गर्न सकिन्छ भनेर आफू पहिल्यैदेखि लागि परेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै