कोही ‘दण्डनीय’ रहन्नन् !

संसद्को रोस्ट्रमबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भावना र आक्रोशको अद्वितीय सम्मिश्रणयुक्त सम्बोधन सुनियो । गृहमन्त्रीले औपचारिक रूपमा पाउने आदरार्थी सम्बोधन अर्थात् ‘माननीय’ शब्द छुट्न पुग्यो । गल्ती सच्याऊँ र अब माननीय भनौं न त भन्दा भन्नै मन लागेन ! मनले नमाने पछि र मनन गर्न मन नलागे पछि कसरी जबर्जस्ती माननीय भन्ने र ! मुलुकका गृहमन्त्रीलाई ‘माननीय’ नभन्नेलाई कारबाही गरौं ? यस्तो वैधानिक चेतावनी वा धम्की जारी भए के गर्ने हो ? यो पंक्तिकार अलमलमा छ । परेको सहुँला बुझाउँला !

सम्बोधनका क्रममा गृहमन्त्रीले १०औंपटक ‘मिडिया ट्रायल’ भन्ने शब्द दोहो¥याए । के हो त्यो मिडिया ट्रायल भनेको ? सम्भवतः मिडिया अर्थात् सञ्चारमाध्यमले नियोजित रूपमा कुनै व्यक्तिलाई दोषी सिद्ध गर्दै निर्णय नै सुनाउने उपक्रमलाई नै मिडिया ट्रायल भनिन्छ । रवि लामिछानेलाई मिडियाले कसरी जबर्जस्ती सुनियोजित ढंगले दोषी करार ग¥यो ? त्यो भने राम्ररी बुझ्न सकिएन । अनुसन्धान गर्ने, उपलब्ध प्रमाण जुटाउने र प्रश्न गर्ने त मिडियाको धर्मभित्रै पर्छ होला ।

मिडियाले आफूले पाएको दस्तावेज आदि इत्यादिलाई सही ठानेर सार्वजनिक गर्छ र त्यसका आधारमा आफ्नो मत प्रकट गर्छ भने त्यो मिडिया ट्रायल हो र ? अन्तिम निर्णय त मिडियाले होइन, न्यायालयले नै गर्ने होला नि ! फेरि मिडियाले कुनै कुरा प्रस्तुत ग¥यो भन्दैमा आमजनताले त्यसलाई स्वीकार गर्नैपर्छ वा गर्छ भन्ने पनि त छैन । मिडियाले भन्ने बित्तिकै जनताले पत्याउँछ भनेर मान्नु भनेको त जनताको विवेकमाथि नै प्रश्न उठाउनु हो । के जनता मिडिया ट्रायलका कारण रवि लामिछानेलाई अपराधी मान्ने स्थितिमा पुगिसकेका हुन् त ? के जनता त्यति मूर्ख हुन् ? यहाँनेर रवि लामिछाने भन्ने व्यक्ति कसरी स्थापित भएका हुन् भनेर सम्झिनु उपयुक्त होला ।

उनी मिडियाकै प्रचूर प्रयोगका भरमा समाजमा र नेपाली जनमानसमा स्थापित भएका होइनन् र ? त्यसक्रममा कसकसलाई बिनाकुनै आधार अत्यन्तै उत्तेजनात्मक ढंगले दोषी सिद्ध गर्ने प्रयास गरेका थिए ? आफ्नो व्यक्तित्व उजागर गर्ने क्रममा त ‘महिनाको लाख डलर कमाउने’ खाले कस्तो अभिव्यक्ति दिएका थिए ? स्वयं आइतबारको उनको सम्बोधन कसप्रति लक्षित थियो ? अर्कालाई तथानाम गाली गर्ने काम मिडिया ट्रायल होइन ? सोह्रै आना झूठो प्रचार गरेर व्यक्तित्व उजिल्याउने प्रयास मिडिया ट्रायल होइन ? संसद्मा उभिएर बेतुकको उत्तेजना फैलाउनु के मिडियामार्फत स्रोतालाई बहकाउने प्रयास होइन ? कथित मिडिया ट्रायलको अस्त्रबाटै स्थापित एक व्यक्ति आज मिडियामाथि नै मिडिया ट्रायल गरिरहेको छैन र ?

रवि लामिछानेले संसद्को रोस्ट्रमबाट ‘मुलुकको सूचना विदेशीलाई बेच्ने’ व्यक्तिलाई कारबाही गर्ने धम्की दिए । मुलुकको सार्वजनिक सूचना त कसैले उपलब्ध गराउनु नै पर्दैन । काठमाडौं नेपालको राजधानी हो भन्ने कुरो जगजाहेर छ । रविले संकेत गरेका व्यक्तिले त मुलुकको गोप्य वा सामरिक महत्वका कुनै सूचना नै विदेशीलाई उपलब्ध गराएका होलान् र उनले कारबाहीको धम्की दिए ! त्यस्तो सूचना उपलब्ध गराउनु भनेको गम्भीर राष्ट्रद्रोह हो ।

यस्ता राष्ट्रद्रोहको पुर्वजानकारी यस मुलुकका गृहमन्त्रीलाई रहेछ । उनको हातमा शान्ति सुरक्षाको कमान छ । तर, उनी राष्ट्रद्रोहीलाई तत्काल कारबाही गर्दैनन् । गृहमन्त्रीले त्यस्ता राष्ट्रद्रोहीलाई तत्काल नियन्त्रणमा लिएर न्यायालयलाई प्रमाणसहित सुसूचित गर्नुपर्ने होइन ? उनी त ‘सूचना मसँग छ, कारबाही गरौं ?’ भन्दै धम्काइरहेका छन् ? राष्ट्रद्रोहीलाई तत्काल कारबाही नगरी धम्की मात्र दिने र ब्ल्याकमेलिङ गर्नु भनेको के हो ? के यो राष्ट्रद्रोहीको मतियार हुनु होइन ? सायद यो राष्ट्रद्रोहभन्दा गम्भीर अपराध हो ।

रवि लामिछानेको यो राष्ट्रप्रतिको प्रेम वा वफादारिताका ’boutमा ताŒिवक रूपमा गम्भीर प्रश्न उठाउने यथेष्ट ठाउँ छन् । जतिसुकै घाँटी फुलाएर चिच्याए पनि वा कराए पनि उनको विदेशी राष्ट्रप्रतिको वफादारिताका ’boutमा धेरै बोलिरहनुपर्ने अवस्था छैन । मिडियाको अत्यधिक ‘सदुपयोग’ गरेर राष्ट्रिय मानचित्रमा ठाउँ बनाएका व्यक्तिले ‘मिडिया ट्रायल’का राग अलाप्दा उदेक मान्नुबाहेक अर्को उपाय छैन ।

तर, सायद राष्ट्रको सुरक्षा, अस्मीता र अस्तित्वसँग सरोकार राख्ने सूचना विदेशीलाई बेच्ने व्यक्तिलाई जोगाएर राख्ने मात्र नभई आफ्नो व्यक्तिगत स्वार्थका लागि धम्काएर ब्ल्याकमेलिङ गर्ने व्यक्तिलाई ‘माननीय’ भन्नचाहिँ मन लागेन ! यस्ता मानिसलाई माननीय भन्ने हो भने यो मुलुकको सम्पूर्ण दण्डसंहिता च्यातिदिए हुन्छ ’cause यहाँ ‘दण्डनीय’ कोही रहनेछैनन् !

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं