पहिलोपटक गत १ पुसमा चीनको वुहान प्रान्तमा नोबल कोराना भाइरस संक्रमण पुष्टि भएयता आजका दिनसम्म विश्वका २ सय १० देश रजापानको योकोहामा बन्दरगाहमा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा यसको प्रभाव फैलिएको छ । २४ पुसमा वुहानबाट नेपाल ल्याइएका एक युवामा कोरोना संक्रमण देखिएसँगै पहिलोपटक नेपालमा गत १० माघमा कोरोना पुष्टि भएको थियो । त्यसपछि आजका दिनसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये तीन जना भने भारतीय नागरिक हुन् । विश्वभर १८ लाखभन्दा बढीमा यसको संक्रमण देखिएको छ । सुरुमा चिनियाँ भाइरस भनी कोरोनाविरुद्ध बोलेको अमेरिकामा अहिले सबैभन्दा बढी संक्रमित देखिएका छन् । अहिले त्यहाँ कुल ५ लाख ३५ हजारभन्दा बढी संक्रमित छन् भने मुत्यु हुनेको संख्या २१ हजारभन्दा बढी छ । अहिलेसम्मको अवस्था हेर्दा विश्वभर सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुनेको संख्यामा अमेरिका नै अगाडि छ ।
अमेरिका, युरोपलगायतमा यसको प्रभाव परेको तर चीनमा प्रभाव रोकिएकोमा यतिबेला मानिसहरूमा अनौठो मनोविज्ञान पल्लवित भएको छ । चन्द्रलोक र सूर्यलोकसमेत कब्जा गर्छु भन्न्ो दाबी गर्ने संसारकै शक्तिशाली देश अमेरिका एउटा फुच्चे कोरोनासँग किन लड्न सकेन ? सुुरुमा संक्रमणको बीजारोपण भएको चीनमा ८१ हजारकै हाराहारीमा मात्र संक्रमित देखिनुु र ३ हजार ३ सयकै वरपर मृत्यु हुँदा यसको संक्रमण रोकिनु तर अमेरिकामा करिबकरिब साढे ५ लाखको हाराहारीमा संक्रमित देखिई २१ हजारभन्दा बढीको मृत्युु हुनु आफंैमा आश्चर्यजनक मान्नुपर्छ । के अमेरिका चिकित्सा पद्धतिमा फेलियर भएकै हो त ? के रहस्य छ, चीनसँग जसले सुरुवाती चरणमा नै कोरोनाविरुद्ध लडाइँ जित्न सक्यो ? के कमी छ अमेरिकामा, जसले एउटा सूक्ष्म भाइरसविरुद्ध औषधि गर्न सकेन ? यसकारण मानिसहरू चीनलाई बिनाक्षेप्यास्त्र विश्वयुद्ध जित्यो पनि भन्ने गर्छन् । मानवीय मनोविज्ञान यतिखेर अमेरिका होइन, चीनतिर सोझिएको छ ।
अस्पतालमा गलत मनोविज्ञान : १० माघमा एक जनामा पुष्टि भएको कोरोना संक्रमण आजसम्म आइपुुग्दा थप तीन जनामा पुष्टि भएसँगै नेपालमा १२ जना संक्रमित देखिएका छन् । एक जना पूर्ण रूपमा निको भएको अवस्था छ भने बाँकीको अवस्था सुधारोन्मुख छ । तर, कोरोना मनोविज्ञानका कारण अस्पतालले सामान्य बिरामी नहेर्ने, भर्ना नलिने र उपचारमा संवेदनशीलता नदेखाउने गरेका समाचार पनि त्यत्तिकै आउन थालेका छन् । कोरोना संक्रमितलाई छुँदा, उसले प्रयोग गर्ने सामान चलाउँदा वा नजिक पर्दासमेत आफूमा संक्रमण हुने भनी सामान्य बिरामीलाई पनि भेन्टिलेटर, बेडको अभाव आदिको बाहना बनाई फिर्ता पठाइएको र यसरी फिर्ता पठाइएका बिरामीको मृत्युु भएको खबर आएका छन् । दुई सातअघि बाराको एक जना बिरामीलाई वीरगन्जस्थित कुनै पनि अस्पतालले भर्ना नलिएपछि काठमाडौं शिक्षण अस्पताल ल्याउँदा बिरामीको मृत्युभएको दुःखद खबर हामीले पढ्नुप¥यो । गत साता सुदूरपश्चिममा एक बिरामीलाई अस्पतालले भर्ना नलिएर घर फर्काइदिएपछि बिरामीको मृत्यु नै भएको छ । गत १३ चैत ज्वरोका कारण पाल्पाका ३४ वर्षीय युवा बाबुराम थापा बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा भर्ना भएको अवस्थामा १६ गते मृत्यु भयो । उनको मृत्युको कारण कोरोना देखिएन तर परिवारजन यो मान्न तयार भएनन् । मृत्युको कारण माग गर्दै ११ दिनसम्म शव नबुुझी बसेका उनको परिवारले मृत्यु भएकोे १० दिनपछि २६ चैतमा मात्र शव बुुझेका छन् । गत २६ चैतमा बारा गढीमाई–४ का १७ वर्षीय निरञ्जन सहनी बिरामी भई वीरगन्जस्थित नेसनल मेडिकल कलेजको इमर्जेन्सी कक्षमा उपचारका लागि भर्ना भए । एक्सरेबाट छातीमा संक्रमण देखिएपछि उक्त अस्पतालले उपचार नगरी उनलाई बाहिर निकाल्यो । पछि उनलाई आफन्तले वीरगन्ज हेल्थ केयर अस्पतालमा ल्याए । ल्याएको पाँच मिनेटमा नै उनको मृत्युु भयो । कोरोनाको शंकामा नेसनल मेडिकलले फिर्ता पठायो भनेर मृतकका आफन्तहरू भन्ने गर्छन् । कोरोना होस्÷नहोस्, अस्पतालमा पनि गलत मनोविज्ञान प्रवेश गरेको छ । जुनसुकै बिरामीमा पनि कोरोना देख्ने गलत मानसिकताका कारण गैरकोरोनाका बिरामीले समेत उपचार पाउन सकेका छैनन् ।
राजनीतिक दलले गरेको बन्दजस्तै पाँच बजे त खुल्छ होला नि लकडाउन भनेर टोलटोलमा भेला भएका देखिन्छन्
विश्वासमा संकट : दुुई सातअघि पोखरामा एक जनामा कोरोना संक्रमण देखियो भनेर गण्डकी प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालय मातहत स्वास्थ्य निर्देशनालयले आफ्नोे वेबसाइट अपडेट ग¥यो । वल्डोमिटरले पनि सोही कुरा आफ्नो अपडेटमा अद्यावधिक गरायो । केही बेरपछि संघीय स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ताबाट उक्त खबर गलत भनियो । यतिबेलासम्म यी दुुईवटै संस्थाले आफ्नो वेबसाइटबाट अघिल्लो अपडेट हटाइसकेका थिए । अब कसलाई कसरी विश्वास गर्ने ? विश्वासमा संकट उत्पन्न भएको छ ।
यसरी, अहिले एकातिर जसलाई जे भए पनि कोरोना नै हो भन्ने भ्रम छ भने अर्कोतिर यसको परीक्षणको विश्वसनीयतामाथि पनि प्रश्नचिह्न खडा भएको छ । गण्डकी छड्के पोखराका पत्रकार अपिल त्रिपाठीले दुई साताअघि क्षेत्रीय अस्पताल पोखरामा आफ्नो ज्वरो नाप्न लगाए । थर्मल गन (टाढैबाट ज्वरोमापक यन्त्र)ले उनको ज्वरो नाप्दा ८८.८ डिग्री फरेनहाइट देखायो । पत्यार लागेन उनलाई । अर्को एक जना महिलाको पनि उनले ज्वरो नाप्न लगाए । उनको ८५ डिग्री फरेनहाइट देखियो । पत्रकारले लाइभमा यी सबै कुरा देखाएर ‘किन यस्तो ?’ भनेर सोद्धा ‘मेसिन बिग्रेकोे छ’ भन्ने जवाफ स्वास्थ्यकर्मीले दिए । ‘बिग्रेको मेसिनले नाप्ने हो त ?’ भन्ने पत्रकारको प्रश्नमा कर्मचारीले ‘यसैले नाप्नु भन्या छ’ भनेर सहज रूपमा उत्तर दिए । यो अवस्था आँखैले देखेका पत्रकार र लाइभ हेरेका आमजनता कसैलाई पनि हाम्रा अस्पतालप्रति भरोसा छैन । कसैलाई कोरोना नेगेटिभ भने पनि अपिलको ज्वरो नापेजस्तै त होइन भन्छन् । पत्याउनेवाला कोही छैनन् । पोजेटिभ भने त झन् आक्रोश पोख्ने नै भए । आममनोविज्ञान जित्न धेरै मिहिनेत र कसरत गर्नैपर्ने भएको छ हाम्रा स्वास्थ्य संस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई । जनताको यी संस्थाप्रतिको विश्वास अक्षुुण्ण राख्नुपर्छ । तर, राख्न सकेको देखिँदैन । जनताको मनोविज्ञान एक किसिमले भड्किसकेको छ ।
बिनाक्षेप्यास्त्र विश्वयुद्ध जित्यो भन्ने कोरोना नियन्त्रणको मनोविज्ञान यतिखेर अमेरिका होइन, चीनतिर सोझिएको छ
लक डाउनलाई गलत नबुझांै : गएको ९ माघमा चीनले कोरोना फैलिएको सहर वुहानमा लकडाउनको घोषणा ग¥यो । वुहानका आफ्ना नागरिकका लागि सार्वजनिक यातायात बन्द र सहर छाड्न निषेध ग¥यो । कोरोना संक्रमितको संख्या कम गर्ने उद्देश्यले चीनले सुरु गरेको लकडाउन अहिले विश्वका विभिन्न देशले पनि कार्यान्वयन गरेका छन् । अहिले नेपालसहित भारत, इटाली, स्पेन, डेनमार्क, आयरल्यान्ड, जर्मनी, पोर्चुगल, चेक गणतन्त्र, फ्रान्स, बेलायत, बेल्जियम, नर्वे, स्लोभेनिया, इन्डोनेसिया, एलसाल्भाडोर, न्युजिल्यान्ड र पोल्यान्डलगायतका देशमा कोरोना भाइरसलाई थप फैलिन नदिन लकडाउनको नीति अवलम्बन गरिएको छ । नेपाल सरकारले गएको ११ चैतदेखि घोषणा गरेको लकडाउन कायमै छ । २०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकसँगै ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यसहित शिक्षा दिवस मनाउने परम्परा सुरु भयो । राजनीतिककर्मीहरू ‘राजाले सबैलाई पढ्न भनेका छन्, आफ्ना बालबच्चा विद्यालय पठाउनुहोला’ भन्दै हिड्न थाले । कतिपयले ‘हाम्रो भात खाएर हाम्रा बच्चालाई राजाका लागि पढ्न पठाइँदैन’ भनेर ओठे जवाफ दिए । अहिलेको लकडाउन कतिपयलाई त्यस्तै लागेको छ । केपी ओली र उनको सरकारको आह्वान साकार पार्नका लागि लकडाउन गरिदिनुपरेको भन्ने भ्रम छ । यो सरासर गलत बुझाइ हो । सरकारले लकडाउन कहिले खोल्छ भनेर मानिसहरू औंला भाँचेको देखिन्छ । राजनीतिक दलको बन्दजस्तै पाँच बजे त खुल्ला नि भनेर टोलटोलमा भेला भएको देखिन्छ । यो कोरोनाविरुद्ध लडाइँ हो । लकडाउन सफल पार्नु भनेको कोरोनाको सम्भाव्य संक्रमण टार्नु हो । लकडाउनसँग सरकारको लोकप्रियता हेरिनुहुन्न । हामीले लकडाउन गरेर कोरोना संक्रमण हुन पाएन भने यसको जस सरकारले लिन्छ भन्ने गलत सोच र तर्क परित्याग गर्न जरुरी छ । लकडाउनको आह्वान सरकारले गरे पनि यसको फाइदा वा नोक्सानका भागिदार हामी जनता नै हौं भन्ने कुरा हेक्का राख्न जरुरी छ । लकडाउनप्रतिको गलत मनोविज्ञानले कसैको पनि भलो गर्दैन ।