सिन्धुलीमा च्याउ खाँदा पाँच जना विरामी

सिन्धुली । जंगली च्याउ खाँदा तिनपाटन गाउँपालिका वडा नं. ४ को विस्टारका एकै परिवारका पाँच जना विरामी परेका छन ।

विहीबार विहान च्याउ खाँदा तिनपाटन गाउँपालिका वडा नं. ४ विस्टारका ६७ वर्षिय केशर बहादुर भुजेलका परिवार विरामी परेका हुन । उनीहरुले विहान जंगलबाट ल्याएको च्याउ पकाएर खाना खाएका थिए ।

च्याउ खाएर विरामी पर्नेमा भुजेलकी श्रीमति ५३ वर्षिय पूर्णमाया भुजेल, छोरा घनश्याम भुजेल, नाती किरण भुजेल र नातिनी बुहारी नानीमाया समाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार च्याउ खाएर विरामी परेका पाँचै जनाको लाम्पानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहको छ । उनीहरुले कुन च्याउ खाएका थिए भन्ने जानकारी पाउन नसकिएको एसपी काफ्लेले बताए । विरामी मध्ये किरणको अवस्था सामान्य रहेको र अन्यको अवस्था मध्यम खालको रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई