पाठ्यक्रममा नागरिक शिक्षा किन ?

शिक्षा व्यक्तित्व विकासको आधार हो । देश निर्माणको जग हो । आचरण निर्माणमा शिक्षाको ठुलो भूमिका हुन्छ । शिक्षा के हो भन्दा पनि शिक्षा के होइन भन्ने कोणबाट हेर्दा यसको क्षेत्र व्यापक छ । अमेरिकन शिक्षाविद जोन डिवेले शिक्षा जीवनको लागि होइन, जीवन नै हो भने । यसको अर्थ शिक्षा र जीवनलाइ अलग्ग्याउँदा जीवनले पूर्णता पाउन सक्दैन भन्ने अर्थ लाग्छ । एरिष्टोटलले शिक्षालाइ समृद्धिको आधार भने । समृद्धिको कुरागर्दा मानव जीवन भौतिक सम्पन्नताले मात्र पूर्ण हुन सक्दैन । समृद्ध जीवनको लागि शारीरिक, मानसिक, सामाजिक, आर्थिक, सास्कृतिक, साँस्कारिक रुपमा सक्षम हुनु पर्दछ ।

शिक्षाविद विल डुरान्टका अनुसार “हामी जे बारम्बार गर्छौ, त्यहीँ पुग्छौं, त्यसैले उत्कृष्टता भनेको कृत होइन, बानी हो, भनेका छन् ।” डुरान्टले भनेजस्तो वालवालिकाहरुले बारम्बार व्यवहारमा प्रयोग गर्न सक्ने असल आचरण निर्माणको स्रोत हो नागरिक शिक्षा । नागरिक शिक्षाले मानवमूल्यलाइ सिकाउँछ । मानव मूल्य अन्तरपर्ने सील, स्वभाव, रहन, सहन, धार्मिक, साँस्कृतिक तथा सामाजिक ज्ञान सिक्न मद्धत गर्दछ । नागरिक शिक्षाले अधिकार र कर्तव्यको बोध भएका नागरिकहरु उत्पादन गर्नको लागि महत्वपूर्ण भूमिका खेल्दछ । अब्राहम लिङ्कनले समाजका वालवालिकाहरुलाई शिक्षा दिनसकियो भने प्रौढहरुलाई सिकाउनु नै पर्दैन भनेका छन् । लिङ्कनले भने जस्तो समाजका वालवालिकाहरुलाई असल आचरण, इमानदारीता, सामाजिक दायित्व, परोपकारी भावना तथा लोकतान्त्रिक चरित्रको निर्माण जस्ता गुणहरुले प्रशिक्षित गराउनको लागि नागरिक शिक्षाको विषयबस्तु ज्ञान आवस्यक ठानिन्छ ।

शिक्षाको संरचना अन्तरगत कस्तो पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाईको आधारमा के कस्ता चरित्र तथा गुणभएका शिक्षित जनशक्ति उत्पादन गर्ने भन्ने कुराको निर्धाण हुन्छन् । व्यक्ति व्यक्ति मिलेर समाज र सिङ्गो समाजको निर्माण हुन्छ । यसरी हेर्दा असल समाज निर्माणको लागि तत्अनुरुपको पाठ्यक्रम चाहिन्छ । पाठ्यव्रmम भनेको समग्र शैक्षिक संगठन र संरचनाको स्वरुप हो । अर्को शब्दमा भन्दा पाठ्यव्रmम भनेको व्यबस्थित शिक्षा पद्घतिको प्रभावकारी कार्यान्वयन र उद्देस्य प्राप्तिको गोरेटो हो । यो शैक्षिक गोरेटो भित्र नागरिक शिक्षाको विषयवस्तु अटाउनु पर्दछ । वालवालिकाहरु सानै उमेरदेखि सरल, सभ्य, शालीन भद्र र सहयोगी व्यक्तिका रूपमा आपूmलाइ विकास गर्नको लागि नागरिक शिक्षाको विषयबस्तुले प्रशिक्षित हुन आवस्यक हुन्छ ।

अब्राहम लिङ्कनले समाजका वालवालिकालाई शिक्षा दिनसकियो भने प्रौढलाई सिकाउनै पर्दैन भनेका छन्

पाठ्यक्रमविद हिल्टा टावाका अनुसार पाठ्यव्रmम विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छीक उपलब्धिहरु प्राप्त गराउन विद्यालयद्वारा गरिने सम्पूर्ण प्रयास हो, भन्ने छ । नागरिक शिक्षाको ज्ञान विद्यालय भित्र मात्र होइन, विद्यालय बाहिरको समाजमा पनि उत्तिकै आवस्यकता पर्दछ । विद्यालय भित्र अध्ययन गरेको ज्ञानले मानिसको जीवन प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्दछ । समाजमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको विकासले मात्र सभ्य र सिर्जनशील समाजको निर्माण हुन सक्दछ । यस अर्थमा नागरिक शिक्षा उल्लिखित मानवीय गुणहरु आर्जन गर्ने ज्ञानको स्रोत हो । त्यसैले नागरिक शिक्षालाइ पाठ्यव्रmम तथा पाठ्यपुस्तकमा समावेश गर्न वाञ्छनीय ठानिन्छ ।

फ्रोवेलले पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरुको सारको रुपमा लिनु पर्दछ भन्ने धारणा राखेका छन् । मानव जातिको सम्पूर्ण ज्ञानको अर्थ जीवनमा आवस्यक ज्ञानको आर्जन हो । त्यसो त ज्ञानको निश्चित सिमा हुँदैन । ज्ञानका क्षेत्रहरु व्यापक छन् । व्यापकता भित्र पनि मानव जीवनको एउटा महत्वपूर्ण क्षेत्र असल चरित्र हो । इमानदारीता, कर्तव्यनिष्ठता, मानवता, नैतिकवान, समाज सेवा जस्ता मानवीय मूल्यहरु जीवनका गहना हुन् । उल्लिखित गुणहरुको अभावमा मानव जीवन अपूर्ण हुन्छ । व्यक्ति र समाज असहिष्णु हुन्छ । प्रसिद्घ वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाई सहनसीलता हो भनेकी छिन् । अहिले सामाजिक सहनसीलता कमजोरहँुदै गएको सामाजिक अनुभव बढ्दो छ । यस सन्दर्भमा चरित्रवान तथा सहनशील समाजको निर्माणगर्नको लागि नागरिक शिक्षाले भूमिका खेल्दछ ।

नागरिक शिक्षा विना समाजमा सहनसीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यबहार कमजोर हुन्छ । हाम्रो देशको सन्दर्भमा अहिले समाजमा आप्mनै शिक्षित छोराछारीहरुबाट सिर्जनाका दाता जीवनको उत्तरार्धमा हिँडिरहेका माता पिताहरु अपहेलित हुनुपरेका घटनाहरु बढिरहेका छन् । जन्मदिने बुबा आमाले श्रवणकुमाररुपी छोराछारीहरुको अभाव खेपिरहेका छन् । शैक्षिक संस्थाहरुमा अनुशासनको ठुलो खडेरी छ । आपूmलाई पढाउने गुरुजनहरुलाई कालोमोसो लगाउने, आव्रmमण गर्ने, असभ्य भाषा प्रयोग गर्ने जस्ता व्रिmयाकलापहरु समय समयमा आउने गरेका छन् । शिक्षालयहरुमा एकलव्यरुपी चेलाहरु उत्पादन हन सकेको अवस्था छैन । अनुशासन विनाको शिक्षाले समाज निर्माणमा योगदान दिन सक्दैन । समाजले सज्जन, कल्याणकारी र लोकहित चिताउने नागरिक हराउँदै गएको अनुभव गरिरहेकोछ ।

समाजका वालवालिकाहरुले राम्रो शिक्षा दीक्षा, ज्ञान, सीप आर्जन गर्न सकेमा मात्र भोलिको समाज अनुशासित, विकसित तथा समृद्ध बन्न सक्दछ । आज शिक्षालयका विभिन्न संकायहरुमा अध्ययनगर्ने विद्यार्थीहरु नै भोलि देशमा विभिन्न क्षेत्रमा कार्यरत हुने हो । आजका विद्यार्थीहरु भावि समाजका निर्माता हुन् । देशका सञ्चालक हुन् । उनीहरुले आर्जन गरेको शिक्षाको आधारमा समाज निर्माण हुने हो । देशका हरेक क्षेत्रहरु सक्षम बनाउने त्यहाँ काम गर्ने मानव स्रोतले हो । पढे लेखेको दक्ष जनशक्ति नै नेपाल सरकारका विभिन्न अड्डा, अदालतहरुमा काम गर्ने हो । समाजका हरेक क्षत्रमा सहभागी हुने हो । यी ठाउँहरुमा कामगर्ने व्यक्ति एवम् व्यक्तित्वहरु असल, नैतिकवान्, कर्तव्यनिष्ठ तथा इमानदार भएमा मात्र समुन्नत समाज निर्माण हुन सक्दछ । यस कोणबाट हेर्दा नागरिक शिक्षाको बिषयबस्तु पाठ्यव्रmम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइमा समावेश गर्न आवस्यक ठानिन्छ ।

डिग्री लिनेमात्र नभई शिक्षाबाट प्राप्त ज्ञान, प्रेरणा, अनुभूति, सिकाइ तथा सीपमार्फत् समाज र देशलाई योगदान दिनु पनि हो

विकासको मुख्य आधार दक्ष मानवस्रोत मात्र होइन, दक्ष जनशक्ति कर्मशील, कर्तव्यनिष्ठ, इमानदार हुन आवस्यक हुन्छ । अहिले देशका राजनितिक, प्रशासनिक तथा शैक्षिक लगायतका क्षेत्रहरु अस्तव्यस्त छन् । विश्वविद्यालयहरुबाट उच्च शिक्षाको डिग्री लिएका शिक्षितहरुबाट नै भ्रष्टचार हुने गरेको छ । नपढेका, अशिक्षित, किसान, मजदुरहरुबाट देश भ्रष्ट भएको होइन । समाजका पढे लेखेका, सुकिला, मुकिलाहरुबाट नै भ्रष्टचार हने गरेको छ । यस कोणबाट हेर्दा देशको शिक्षा पद्धतिले इमानदार शिक्षितजनशक्ति उत्पादनगर्न किन सकेन भन्ने प्रश्नहरु उठेका छन् । त्यसो त हरेक क्षेत्रमा असल, इमानदार तथा कर्तव्यनिष्ठ व्यक्तिहरु नभएका होइनन् । छन् । तथापि दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टचार हुने देशमा सचीकृत भएको छ । यसको जिम्मा कसले लिने ?

त्यसो त समाजको शैक्षिक स्तर, राजनितिक प्रणाली, सामाजिक मनोविज्ञान तथा साँस्कृतिक ढाँचाले समाजको रुपरेखा तय गर्दछ । हाम्रो देशमा राजनितिक क्षेत्र र प्रशासनतन्त्रलाइ मात्र भ्रष्टचारको केन्द्र मान्नु न्याय सम्मत हुँदैन । भ्रष्टचारमा समाज पनि त्यत्तिकै दोषी छ । पृथ्वीनारायण शाहले घुस, लिने र दिने दुबै देशका शत्रु हुन् भनेका छन् । जनताले पनि घुसघोरहरु खोजीखोजी दाम चढाएर आप्mनो स्वार्थ पूरा गर्ने भएकोले भ्रष्टचार मौलाएको हो । पृथ्वीनारायण शाहको भनाइमा घुस दिने जनताहरु पनि देशका शत्रु हुन् । अथवा निर्माण र सुशासनको बाधक हुन् ।

अन्त्यमा शिक्षाको लक्ष्य डिग्री हस्तान्तरण गर्नु मात्र होइन । शिक्षाबाट प्राप्त, ज्ञान, प्रेरणा, अनुभूति, सिकाई तथा सीपले व्यक्ति, समाज र सिङ्गो देशलाई योगदान पुर्याउनु पर्दछ । हाम्रो समाज रुपान्तरणको संघारमा छ । रुपान्तरणको अर्थ समाजमा सकारात्मक, सुसंस्कृतिक, अनुशासित, कर्मशील, मेहनती तथा परिश्रमी नागरिकहरुको अभावमा समाज बद्लिदैन । रुपान्तरणको लागि सकारात्मक सोंचान्तरण आवस्यक हुन्छ । समाजलाई सिर्जनसील, कर्तव्यनिष्ठ, इमानदार, सभ्य तथा लोकहित चाहाने समाज निर्माण गर्न आवस्यक हुन्छ । देशको शिक्षा संरचनामा विद्यालयदेखि उच्चशिक्षासम्म नागरिक शिक्षाको बिषयबस्तुलाइ समावेशगर्न आवस्यक ठानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी