कालिकोट । बाल बिवाहको डरलाग्दो अवस्थामा रहेको कालिकोट जिल्लामा पछिल्लो समय घट्दै गएको पाइएको छ । सुरुमा ५८ प्रतिशत सम्म देखापरेको बाल बिवाह अहिले घटेर ४८ प्रतिशतमा झरेको भेटिएको छ ।
विभिन्न संघ संस्था र स्थानिय सरकारको पहलमा विभिन्न जनचेतना देखी बालबिवाह गरेको पाइएमा राज्यवाट पाउने सेवा सुविधा बन्दखेजसम्म गरेर अहिले बाल बिवाह न्युनिकरण भएको पाइएको हो ।
प्लान नेपालको सहयोगमा केही समय पहिला नगरपालिका, साझेदार संस्था सादा नेपाल र हुरेन्डेक नेपालले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भनी निर्णय समेत गरेको थियो । उक्त नगरपासिलकाका ४ नम्बर र ९ नम्बर वडालाई शुक्रबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।
स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताए । धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको स्थानीयहरु बताउँछन् ।
उक्त पालिकामा ९ वडा छन्। पहिलोपटक ४ र ९ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
यसअघि पहिलोपटक जुम्लाको शुभकालिकान र तिलागुफाका केही वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । प्रमुख शाहीले भने पहिलो पटक रास्कोटका २ वटा वडा वडा बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए।
यदि कानुन अनुसार बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए। उपप्रमुख मनिराज वरालले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए ।उनले केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै रास्कोट नगरपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गरे ।
वडामा बिभिन्न टोलमा गरिएको सर्भेक्षणको आधारमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको–४ का वडाध्यक्ष दिनेश संज्यालल बताए । वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो । अव यसको अनुगमन र पुर्ण रुपमा कार्यान्वयन गर्नका लागी साझेदार संस्था र नगरपालिका लागी रहेने प्रतिवद्धता समेत जाउर गरे ।






