लमजुङमा वातावरण जोगाउन फोहोरदानीको प्रयोग

लमजुङ । लमजुङमा वातावरण जोगाउने कार्यमा सहयोग गर्न फोहोर व्यवस्थापनका लागि वातारणमैत्री डस्टविन(फोहोरदानी)हरू प्रयोगमा ल्याइएको छ । सुन्दरबजार नगरपालिका– ८ स्थित सिर्जनशील सामुदयिक सिकाइ केन्द्रले त्यस्तो कार्य गरेको हो ।

झट्ट हेर्दा डोको जस्तो देखिने बाँसको चोयाबाट निर्मित डस्बिन केन्द्रले बजार क्षेत्रका सडक छेउमा फोहोर व्यवस्थापनका लागि राखेको हो । सिकाई केन्द्रले विश्व वातावरण दिवसको सन्दर्भमा सोही वडाका डुम्रे– बेसीशहर सडकको भोटोओडार क्षेत्रका बिभिन्न १० ठाउँमा त्यस्तो डस्बिन राखिएको सिकाई केन्द्रका अध्यक्ष निश्चल ढकालले बताए । उनका अनुसार ती डस्बिनहरू सोही सडकको भोटओडार बगैंचादेखि अकला मन्दिर हुँदै रामादीसम्मको क्षेत्रमा करिब दुई सय मिटरको फरकमा राखिएको छ । ‘विश्व वातावरण दिवसका अवसरमा यस्तो अवधारणको विकास गरिएकोमा ऐले प्रयोगमा ल्याइएको छ ।’

उनले भने, ‘एउटा डस्विनका लागि पाँच सय रुपैयाँ मूल्य परेको छ ।’ यो कार्यले दुई तीन वटा फाइदा देखिएको छ, पहिलो वातावरणमैत्री दोस्रो स्थानीय कच्चा पदार्थको उपयोग, स्थानीय कलाको संरक्षण हुनुका साथै स्वरोजगार प्रवद्र्धनमा समेत टेवा पुगेको अनुभव गरिएको अध्यक्ष ढकालको भनाइ छ । उनले भने, ‘बाँसको चोयाबाट बनाइएका फोहोरदानी वातावरण पनि राम्रो हुने भएकाले केन्द्रमार्फत त्यस्ता फोहोरदानी राख्ने निर्णय गरिएको हो ।’

प्लास्टिकका सामग्रीको प्रयोगमा कमी ल्याउनका लागि पनि बाँसका चोयाबाट बनेको डस्बिन राख्दा स्थानीयलाई आयआर्जनको बाटो पनि हुने भएकाले यसलाई प्रयोगमा ल्याइएको अध्यक्ष ढकालले उल्लेख गरे । उनका अनुसार प्लास्टिकका डस्टविनहरू प्रयोगहीन हुँदा हत्तपत्त नगल्ने भएको हुँदा पनि दीर्घकालसम्म वातावरणलाई असर गर्दछ भने बाँसको चोया एकवर्षमै गल्छ भने सहजै पोल्न सकिन्छ र पोल्दा पनि प्लास्टिकजन्य पदार्थको जस्तो वातवरण प्रदुषित हुँदैन ।

अध्यक्ष ढकालले भने, ‘वातावरण संरक्षणका लागि र वातावरण मैत्री नगरपालिका बनाउन यस किसिमका फोहोरदानीहरूले उल्लेख्य भूमिका निर्वाह गर्ने बताउदै नगरभर नै यो अभियान सञ्चालन गर्न आवश्यकता अनुभव गरिएको छ ।’

बाँसका चोयाबाट बनेको यस्ता सामग्रीको प्रयोग गर्दा चोरीको डर नहुने र प्लास्टीकका डस्वीन राख्दा भने कतिपय अवस्थामा चोरी भइ हराउने गरेकाले यसको प्रयोग गरिएको ढकालको भनाइ छ । यस डोकोको पिधमा बाँसको प्वाल बनाइएको र जसले गर्दा पानि परेको समयमा समेत पानि जम्न नपाउने अनि डोको हराउने समस्या नआउने पनि सिकाई केन्द्रको अनुभव छ । ती फोहरदानीको क्षमता करिब २० लिटर रहेको बताइएको छ ।

सिकाई केन्द्रले तत्कालका लागि अकला मन्दिर जाने बाटो,रामदी, इलाका प्रहरी कार्यलय भोटेओडार, डिडिसि खेल मैदान जानेबाटो लगायतका कुल दस ठाँउमा फोहोरदानी राखेको छ । आउँदो आवबाट यस कार्यलाई अभियानको रुप दिइने अध्यक्ष ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी