जब पालिका अध्यक्षले गाडी रोकेर बाटो छेके…..

गुल्मी । गत बुधबार दिउँसो करिब ३ बजे । इस्मा गाउँपालिका–२ छल्दिमा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिहं खड्काले आफ्नो गाडी बाटोमा रोके । उनले पछाडीबाट बाटो पक्की बनाउको लागि आवश्यक सामग्री लिएर आउने कुनै पनि गाडी अगाडी बढ्न दिएनन् । झट्ट्ट हेर्दा उनी रिसाएजस्तो पनि देखिन्थे ।

अन्य नागरिक, टिप्पर र ट्याक्टर चालक भने अध्यक्ष खड्काले गाडी नै रोेकेर बाटो छेकेकोमा अचम्म मानिरहेका थिए । सामान्यता नागरिकस्तरबाट कुनै कामको विरोध गर्दा ढुंगामुडा वा गाडी नै जाम गरेको हामीले देखेका छौ । तर पालिका अध्यक्षबाट नै सरकारी गाडीले बाटो छेक्दा सबैले अचम्म मान्नु स्वभाविक पनि हो ।

छल्दिमा खोला नजिकै बाटो पिच गर्ने सामान पकाउने मेसिन (प्लान्ट) संचालन भइरहेको छ । नियम विपरित संचालन भएको प्लान्टबाट निस्किएको धुँवाले नजिकको विद्यालय तथा सिङ्गो समुदायलाई असर परिरहेको थियो । गैर कानुनी ढंगबाट संचालित प्लान्टले आफुहरुलाई असर गरेको भन्दै त्यसलाई बन्द गर्न स्थानीयले पटक–पटक जनप्रतिनिधिलाई भनेका थिए ।

गाउँपालिकाका अध्यक्ष खड्काले उक्त प्लान्ट बन्द गरिदिनको लागि गुल्मीका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारीले अध्यक्ष खड्कालाई प्लान्ट बन्द गर्ने आश्वासन दिएपनि सुरक्षाकर्मीलाई बन्द गर्ने निर्देशन दिएनन् । एकातर्फ स्थानीयले प्लान्टको बिषयलाई लिएर जनप्रतिनिधिसँग गुनासो गरिरहने, तर अध्यक्षले प्रजिअलाई भन्दा अटेरी गर्ने । दोहोरो तनाव भएपछि बाध्य भएपछि गाउँपालिका अध्यक्षले बाटोमै सरकारी गाडीले बाटो छेकेका हुन् ।

बिषय के हो ?
इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीमा सडक पक्की गर्दा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने मेसिन राखिएको छ । नजिकै विद्यालय र बाक्लो बस्ती भएका कारण मेसिनबाट निस्केको धुँवाले स्थानीयलाई असर गरेको थियो । साथै प्रदुषण पनि फैलिएको थियो । सोही बिषयलाई लिएर स्थानीयले सामाजिक संजाल लगायतका माध्यमबाट पनि बिरोध जनाएका थिए ।

तर प्रशासनले अटेरी गरेको थियो । ‘मैले पटक–पटक बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई प्लान्ट बन्द गर्न अनुरोध गरे ।’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘तर प्रजिअले अटेरी गरेपछि गाडी रोक्न बाध्य भएको हुँ ।’ पालिकाले लगाएको टेन्डर र भएको काममाथि जिल्ला प्रशासनले पटक–पटक हस्तक्षेप गरेको तर प्लान्टको बिषयमा जिल्ला प्रशासनले सहयोग नगरेको अध्यक्ष खड्काको आरोप छ ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले त्यसरी संचालन भइरको मेसिनको सन्दर्भमा कारवाही सम्मको अधिकार पालिकालाई भएको बताए । ‘बन्द गर्ने सन्दर्भमा मौखिक अनुरोध मात्र भएको छ, लिखित रुपमा आएको छैन ।’ प्रजिअ शर्माले भने, ‘जेठ १७ गतेको बैठकबाट सबै अधिकार पालिकालाई दिइएको छ ।’ उक्त प्लान्टबाट उत्पादन भएको सामग्री रेसुङ्गा नगरपालिका–०७ मा पक्की हुन लागेको सडकमा प्रयोग गरिने बुझिएको छ । पालिका अध्यक्षको एक्सनपछि प्रहरीले एउटा टिप्पर, ट्याक्टर र अपरेटरलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 644 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ