स्याङ्जा । स्याङजाका बिभिन्न स्थानीय तहमा गरिएको कोरोना भाइरसको नमुना अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सोमबारसम्म गरिएको ३ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो । ¥यापिङ डाइगोनिष्टक टेष्ट बिधिद्वारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चैत्र २ गतेयता विभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना स्वाब एवं रगत परिक्षण गरिदै आएको छ । यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो ।
त्यहाँ पठाइएका नमूना श्वाव पनि नेगेटिभ आएका थिए भने पछिल्लादिनमा २ सय ४३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन । ¥यापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो । ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ ।
पहिलो चरणमा जिल्लाका सबै पालिकामा विभिन्न देशबाट आएर होम क्वारेन्टाईनमा बसेका केही युवाको स्वाब लिइएको थियो । बाँकीको पनि स्वाब लिएर परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए ।