काठमाडौं । लकडाउनको अवधि सकिनै लाग्दा आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । तर समय भने निश्चित भइसकेको छैन ।
मन्त्रिपरिषद बैठकले कम्तीमा एक साता लकडाउन अवधि थप्ने निर्णय लिने स्रोतको भनाइ छ । कोरोना संक्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउन खोजेको हो ।
दोस्रोपटक थपिएको लकडाउन अवधि भोलि बुधबार सकिँदै छ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)






