व्यवस्थापन समिति गठन गर्दा वडाध्यक्षले किन च्याते माइन्युट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ मा रहेको सिद्धार्थ स्मारक माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विवाद उत्कर्षमा पुगेको छ । समिति गठनमा विद्यालयमा भागभण्डा नमिल्दा र प्रअका नजिकका मान्छे नपर्दा विवाद सिर्जना भएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिमा माओवादी केन्द्रले रामप्रसाद पौडेलको नाम सिफारिस गरेपछि विवाद सिर्जना भएको थियो । जसका कारण समितिको निर्माण प्रक्रिया नै रोकिएको छ । पौडेलले पत्नी सितालाई शिक्षकको जागिर खानबाट रोकेका प्रअ डिलाराम पौडेलप्रति प्रतिशोध रहेको छ । राम प्रसादलाई समितिको अध्यक्ष बनाउने सङ्केत पाएपछि प्रअ पौडल सशङ्कित भएका छन् । जसका कारण समिति निर्माणको टुङ्गो लागेको छैन विद्यालय निकट श्रोतले बताएको छ ।

वडाका जनप्रतिनिधिलाई वायस गरेर आफू अनुकूलका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा राख्न खोज्दा विवादले ठुलो रूप लिएको छ। प्र अ पौडेलले शिक्षा एनलाई नै नमानी आफ्नो मनोमानी चलाउन खोजेपछि खोजेपछि विवादित बनेको विद्यालय व्यवस्थापन समितिको बैठकमै वडा अध्यक्ष तेज बहादुर बस्नेतले माईन्युट च्यातेको बताइएको छ ।

राजधानीकर्मी गैरेसँग माइन्युट च्यातेको स्वीकार गर्दै वडा अध्यक्ष बस्नेतले भने, “प्रअले आफ्ना आसेपासे राखेर समिति निर्माण गर्न खोज्नु भएको छ । तर शिक्षा ऐन अनुसार अभिभावक भेलाबाट चुनिएका ४ जना, शिक्षक प्रतिनिधि, र वडा प्रतिनिधि सहितको व्यवस्थापन समिति हुने व्यवस्था छ। उहाँ वायस गरेर आफ्नो मन मर्जीले आफू अनुकूलका व्यक्ति राख्न खोज्नु भएको छ । कदापि मान्य हुन्न । प्रअले आफूले भनेको भए मात्रै माईन्युट लेख्ने अन्यथा हातै काटे पनि लेख्दिन भनेका छन् । कुनै व्यक्ति समितिमा आउनु र न आउनुमा प्र अ को आपत्ति के ? उहाँले के गल्ती गर्नु भएको रहेछ र डराउनु पर्ने ?“ उनले भने । प्रअ डिलाराम पौडेललाई यस विषयमा बुझ्न खोज्दा उनको फोन उठेन ।

केन्द्रदेखि स्थानीय तहसम्म सबै दलले विद्यालय क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्ने भन्दै शान्ति क्षेत्रको मान्यतामा लिखित प्रतिबद्धता जनाए पनि सार्वजनिक सङ्घ संस्था भने तीनै दलको खिचातानीका कारण प्रभावित भएका छन्। विद्यालय व्यवस्थापन समिति गठनका बेला दलहरूको खिचातानी सतहमा झल्किने गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्