मेयरले तोक लगाएका सिफारिसहरु वडाअध्यक्षले च्याते‍पछि….

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ५का सातजना विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि वडामा अनुरोध गरे अनुसार वडा न.५का अध्यक्ष केशव दत्त लेखक नगरपालिकालाई सिफारिस लेख्छन् ।

उक्त सिफारिसमा नगर प्रमुख पुष्कर राज जोशी ‘लख्खाभाई’ले वडामै आवस्यक रकम रहेको भन्दै तोक लगाइदिन्छन् । र मेयरको तोक आदेश सहितको सिफारिस जब वडाअध्यक्ष लेखकको हातमा पुग्यो उनले च्यातेर टुक्रा–टुक्रा पारिदिए ।

वडा न.५की हिरा दमाइले भनिन्, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’

अर्का व्याक्ति दानीराम महरले भने ‘जब वडाअध्यक्षले दलितका पत्रहरु च्यातेर फाल्नुहुन्छ भने हाम्रालागी केहि काम गर्नुहोला भन्ने लाग्दैन्, बरु सिफारिसपत्र ’bout सल्लाह गरौँला भन्न सकिन्थ्यो, तर यस्तो गैर जिम्मेवारपुर्ण हर्कत कसरी सहेर बस्ने ?’

वडाअध्यक्षले तोक आदेश सहितका सिफारिसपत्र च्यातेको कुरा केहि कार्यपालिका सदस्यहरुले थाहा पाउने वित्तिकै उनिहरु आक्रोसित बनेका छन् । तत्कालै पत्रकार सम्मेलन आह्वान गरि दलितमाथी बेलाबेलामा भैरहने विभेदजन्य व्यवहार नसहने जनप्रतिनिधिहरुले बताए ।

कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, जब ति सातैजना बिपन्न नागरिकहरु रुदैँ घर फर्किए तब हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ र वडाअध्यक्षको गैर जिम्मेवारीको प्रतिवाद गरेका हौँ ।’ वडाअध्यक्ष लेखकले सार्वजनिक ठाउँमा माफी माग्दै क्षतिपुर्ती उपलब्ध नगराए आन्दोलनमा उत्रिने बताए ।

कार्यपालिका सदस्य कलावती लावडले यो बिषयको टुङ्गो नलगाउदाँ सम्म कार्यपालिकाका अन्य कार्यक्रम अघी बढाउन नदिने बताइन् । यसैबिच सोमबारको नगरसभा समेत ढिलो गरि सञ्चालन गरियो । वडा सदस्य देवराम लोहारले बेलाबेलामा गैर दलित जनप्रतिनिधिबाट दलित जनप्रतिनिधि हेपिदैँ आएकाले वडाअध्यक्षलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिए । नगर प्रमुखको तोक आदेश भएको पत्र च्यातेका अध्यक्षले गल्ती नगरेको जिकिर गरिरहेकाले यसको सत्यतथ्य पत्ता लगाई कारवाही गरिनुपर्नेमा कार्यपालिका सदस्य बिनोद लोहारको जोड छ ।

कार्यपालिका सदस्यहरुले पत्र च्यात्ने बेलाको सिसिटिभी फुटेज हेर्न दबाव दिइरहेकाछन् । उनिहरुले यो बिषयको टुङ्गो नलाग्दासम्म नगरसभा हुन नदिने दबाव दिइरहेकाथिए ।

कार्यपालिका सदस्य दिनेश सिनालले कार्यपालिकामै पटकपटक जातीय विभेद सहेर बस्नुपर्ने अवस्था रहेको बताए । उनले विगतमा सामन्ती व्यवस्था चलाएका व्याक्तिहरु जनप्रतिनिधि हुदाँ समेत सामन्ती पारा देखाइरहेको बताए । यो समस्याको उचित समाधान निकाल्ने मेयर लख्खाभाईको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही