विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री बितरण

हुम्ला । जिल्लाका चार वटा गाउँपालिकाका छनौटमा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । ती विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरिएको हो । खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यमिक विद्यालयको कक्षा दशमा अध्ययनरत छात्रा शान्ति परियारले एक वर्षका लागि पुग्ने विद्यालय पोसाक, जुत्ता, मोजा र स्टेस्नरी सामान पाएकी हुन् ।

यी सामग्री सहयोगमा सहजीकरण गर्दै आएका किडार्ड हुम्लाका जिल्ला संयोजक जनक बुढाले जिल्लाका चार वटा गाउँपालिका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेकीका ४६ वटा विद्यालयका २ हजार १ सय ४० विद्यार्थीहरूले सहयोग गरिएको बताए । उनले छनौटमा परेका विद्यार्थीले एक वर्षका लागि आवश्यक पर्ने स्टेस्नरीमा कापी, डड्पेन, पेन्सिल र सार्पनर प्रदान गरिएको छ भने विद्यालय पोसाक, जुत्ता र मोजा प्रत्येक विद्यार्थीलाई ए-एक जोर प्रदान गरिएको बताए ।

नेपाली कापी कक्षा ३ लाई ८० पृष्ठका छ वटा, कक्षा ४ र ५ लाई ८० पृष्ठकै दश थान, छ देखि ८ कक्षालाई १ सय ६० पृष्ठका १४ थान र ९ र १० कक्षालाई २ सय पृष्ठका १६ थान प्रदान गरिएको छ । एसइई, कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरूलाई भने वार्षिक तीन हजार रुपियाँ पढाई खर्च दिने गरिएको छ ।

शैक्षिक सामग्री पाउने कुल विद्यार्थीहरूमा ८८९ जना छात्रा छन् भने एक हजार २५१ जना छात्र छन् । यी विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न वार्षिक सत्तरीदेखि ८० लाख बजेट आवश्यक पर्ने उनले बताए । खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजङ्ग शाहीले यो सहयोग विद्यार्थीहरूका लागि निक्कै उपयोगी र सहयोग भएको बताए ।

धेरै विद्यार्थीलाई शैक्षिक सामग्री किन्न पनि धौधौ हुने देखिएको समयमा निःशुल्क रूपमा उपलब्ध भएकोले अभिभावकलाई समेत सहज भएको उनले बताए । उक्त्त सामग्री गुड नेवर्स इन्टरनेस्नल नेपालले सन् २०१२ बाट वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी