बालबालिका संरक्षण

नेपालबाट बालबालिका हराउने प्रक्रिया रोकिएको छैन । दुःखी, गरिबका बालबालिका हराउने र नभेटिने गरिरहेका छन् । बाटोबाट, सुकुम्बासी बस्तीबाट, बाल संरक्षणका नाममा खोलिएका केही संघसंस्थाबाट बालबालिका हराउने गरिरहेका छन् ।

धेरै अभिभावक त मेरो नानी विदेशमा पुगेको छ रे † त्यो भाग्यमानी भयो भनेर हर्ष प्रकट गर्ने पनि गरिरहेका देखिन्छन् । यसले बालबालिका हराउने क्रममा नयाँ ट्रेन्ड स्थापित गरेको छ । बालबालिका खोज्नेक्रम रोकिएको छैन । बालगृह लगेर राखे राम्रो पढाइ र हेरचाह गरिदिने कुरा पनि निकै सुनिन्छ ।

संस्थाहरूले बाबाआमाको इच्छा भएमा युरोप, अमेरिकातिर छोराछोरी पठाउन सकिने पनि भनिरहन्छन् । संस्थामा पठाउँदा आफूलाई पनि अरू काम गर्न सजिलो हुन्छ, छोरीले राम्रो पढी भने उसको पनि भविष्य बन्छ भन्ने छ सबैलाई ।

यी कुराको चासो सरकारले गरिदिनुपर्ने हो, तर छैन । एक–दुई वर्षपछि कुनै एक दिन संस्थामा जाँदा बालबालिका नभेटिन सक्छन् । धर्मसन्तान बनाएर विदेश पठाइएको जवाफ पाउँछन् । यस’boutमा प्रशासनसमेत मौन रहेको पाइन्छ ।

यस्ता प्रक्रिया नक्कली कागजात बनाएर चलेका हुन्छन् । ‘बच्चा हराएको’ भनेर पत्रिकामा सूचना प्रकाशित गरेर विदेश पठाएर आफू चोखिने काम पनि भइरहेको हुन्छ । सरकार यस’boutमा सचेत हुनैपर्छ ।

त्यसो त विदेशमा सुख छ भन्ने नेपाली सोच पनि यसको अर्को कारक बनिरहेको छ । यस्ता सोच र वातावरण निर्माण हुन नदिँदा राम्रो हुने थियो । यो तथ्यांक नेपालमा निकै डरलाग्दो नै छ । त्यसैले घरपरिवार, समाज, प्रशासन, सरकार र संघसंस्था पनि यस अर्थमा जिम्मेवार र सतर्क हुनैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित