एमक्युवमा अमेरिकी कलाकार जेसिकाका फरक चित्रकला

काठमाडौं । अमेरिकन चित्रकार तथा कला प्रध्यापक जेसिका लिन स्मिथले तयार पारेका चित्रकलाले ललितपुरको चाकुपात स्थित ग्यालरी म्याक्युबमा यतिबेला सजिएको छ । त्यहाँ उनका चित्रहरु आईतबारबाट प्रदर्शनमा रखिएका हुन् । उनका चित्रहरु बिहिबार १३ असारसम्म सो ग्यालरीमा प्रदर्शन हुनेछन् ।

एयर एमक्युब इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी, ग्यालरी एमक्युब बिदेशी कलाकारहरुको चित्रकलालाई प्रदर्शनमा महत्व दिँदै आएको छ । यसै क्रममा यसपटक जेसिकाको चित्रकला प्रदर्शनी गरिएको ग्यालरी सञ्चालक मनिषलाल श्रेष्ठले बताए ।

यो प्रदर्शन’bout मनिषले भने, एयर एमक्युब इन्टरनेशलन आर्टिस्ट रेसिडेन्सी २०२४ अन्तर्गत हामीले संयुक्त राज्य अमेरिकाका कलाकार जेसिका स्मिथलाई जुन महिनाको लागि आमन्त्रित गरेका थियौं । हाम्रो निमन्त्रणालाई स्विकारेर उहाँ आउनु भएपछि सिमर शीर्षकमा उहाँको कलालाई प्रदर्शनीमा राखिएको हो ।’

काठमाडौं आएर जेसिकाले पाटनका विभिन्न क्षेत्रमा घुमेर चित्रकला सृजना गरिन् । यसरीे रेसिडेन्सी कार्यक्रममा आफ्नो बसाइको क्रममा उनले सिर्जना गरेका कलालाई यतिबेला प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा रखिएका आफ्ना डेढ दर्जन बढी सृजनाका ’bout जेसिका लिन स्मिथले भनिन्,‘म हरेक दिन पाटनका गल्ली, गल्ली र सार्वजनिक ठाउँमा घुम्दा नेवारी झ्यालहरू त्यसै गरी हेक्सागोनल फुटपाथ ढुङ्गाहरूतिर मेरो ध्यान तानिने गर्छ । यो दृढ संरचना आकार, प्रकाश र छायाँको अन्वेषणमा कलाबाट मेरो प्रवेश हो ।’ उनी भन्छिन्,‘पुनरावृत्ति भनेको ठाउँ र स्थानको अर्थ बनाउने मेरो तरिका हो । रंग, बनावट, ठाउँ, र कलाका अन्य तत्वहरूद्वारा बोक्न सकिने अवलोकनका क्षणिक सुझावहरू दर्शकसँग साझेदारी गर्नु मेरो लक्ष्य हो ।’ आफ्नो कलालाई यतिबेला नेपालका कलाप्रेमीलाई रुचाएकोमा यी कलाकार हर्षकले गद्गद् छिन् ।

स्मिथले त्यहाँ प्रदर्शित चित्रहरु कागजमा पानीको रंग, पेन्सिल र मसीको प्रयोगबाट तयार पारेकी हुन् । उनले लेयरिङ र ओभरल्यापिङ आकारहरू मार्फत रंगीन चित्र कोरेकी छिन् । जुन प्रयोगशिल देखिएको छ । उनका यी चित्रहरुमा तयार गरेको प्रविधिले दर्शकलाई नजिकबाट हेर्न, त्यसपछि अझै नजिक, हेर्ने विभिन्न तरिकाहरू अनुभव गर्न आनन्दित तुल्याउने गरेको छ ।

जेसिका लिन स्मिथ, वेस्ट अलाबामा विश्वविद्यालयको कला प्राध्यापक हुन् । उनले अलाबामा स्टेट काउन्सिमा रहेर विभिन्न काम गर्दै आएकी छिन् । यसपटकको आफ्नो पाटनको बसाई र सृजनाले यहाँको जीवनशैली र संस्कृतिलाई नजिकबाट चिन्ने अबसर मिलेको यी चित्रकारले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य