वीरजन्ज महानगरद्वारा भ्रष्टाचार शून्य सहनशिलता बजेट घोषणा

वीरगन्ज । असारे भेल झै लाखौं बजेट वेतुके तालिममा सकिरहेकै समयमा वीरगन्ज महानगरपालिकाले भ्रष्टाचार शून्य सहनशिलताको नीति घोषणा गरेको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै शुन्य सहनशिलतताको नीति घोषणा गरेको हो ।

महानगरपालिकाले यस्तो नीति घोषणा गरिरहेकै समयमा उता वीरगन्जकै केही चल्तीका होटलमा डलब व्यानर समेत प्रयोग गरी विभिन्न तालिमहरु पनि चलिरहेको थिए । उता असार लागेपछि असारे भेलसँगै बग्ने गरी असारे विकासका काम गर्ने अन्य ठाउँ झै पर्सा जिल्ला पनि अछुतो चाही छैन । यसै समयमा मुलुकभरका अन्य पालिकाहरु झैं वीरगंज महानगरपालिकाको पनि आगामी आर्थिक वर्षको लागि चालु आबकोभन्दा खुम्चिएको बजेट प्रस्तुत गर्दै भ्रष्टाचार शून्य सहनशिलताको नीति पनि घोषणा गरेको हो ।

प्रस्तुत बजेट २ अर्ब ८९ करोड ४८ लाखको रहेको छ । वीरगन्ज महानगरको १५ औं नगरसभामा उपप्रमुख ईम्तियाज आलमले यो बजेट प्रस्तुत गरेका हुन् । शनिबार सार्वजनिक भएको बजेट नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षकोभन्दा ३१ करोड ८७ लाख २७ हजारले कमको बजेट घोषणा गरिएको छ । अझ महानगरको संसोधित बजेटभन्दा झन् ६२ करोडले घटेर आएको महागनरका जनप्रतिनिधिले नै स्वीकारे । चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधितसहित ३ अर्ब ५१ करोड पु¥याइएको थियो उनीहरुले भने ।

चालु आर्थिक वर्षको तुलनामा बजेट घुम्च्याएर आएको भए पनि वडाको बजेटमा भने बढोत्तरी गरिएको वडाध्यक्षहरुले बताए । नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ मुलुककै सरकारहरुको जस्तो वीरगन्ज महानगरले पनि अध्यन्तै ठूलो व्ययभार छुट्याएको छ । यो प्रतिशतका आधारमा कुल बजेटको ७०.७ प्रतिशत हो । यो भनेकोे २ अर्ब ४ करोड ६६ लाख हो । जबकी महानगरले अगामी वर्षको लागि जम्मा बजेट नै २ अर्ब ८९ करोड ४८ लाखको प्रस्तुत गरेको छ । प्रायः विकास निर्माण तथा समृद्धि तर्फको बजेट भनी चिनिने पुँजीगत बजेट तर्फ भने महानगरले जम्मा २८.१ प्रतिशत मात्र बजेट रहेको घोषणा गरेको छ । यसै बजेट अन्तर्गत आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने नगरसभामा दावी गरिएको छ ।

सार्वजनिक बजेट अनुसार खर्च व्यवस्थापन गर्न नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख व्यहोर्ने कुरा बजेट सार्वजनिक गर्दै उपप्रमुख ईम्तियाज आलमले घोषणा गरेका थिए थिए । त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, नगद मौज्दातबाट १० करोड र प्रदेश राजस्व बाँडफाँडबाट २ करोड २८ लाख व्यहोर्ने गरी बजेट ल्याएएको पनि सार्वजनिक गरिएको छ ।

बजेट सार्वजनिक कार्यक्रममा वीरगन्ज महानगरका महानगर प्रमुख राजेशमान सिंहले समृद्ध महानगरका लागि संघ र प्रदेशले उपेक्षा गरिरहेको भए पनि महानगरको बजेटबाट पनि सकेको राम्रो काम गर्ने दावी गरेका थिए । उनकै अध्यक्षतामा भएको सार्वजनिक बजेट तथा नीति कार्यक्रम अनुसार महानगर भित्र स्थापित उद्योगहरुले आफ्नो श्रम शक्तिको कम्तिमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिए त्यस्ता उद्योगहरुको व्यवसाय कर र सम्पति करमा छुट दिने नीतिलाई महानगरले प्राथमिकता दिएको छ । आर्थिक नगरीका नामले परिचित वीरगन्जलाई संघ सरकारको सहयोगमा औद्योगिक ग्राम स्थापना गर्ने कार्य पनि अघि बढाइने वीरगन्ज महानगरले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ ।

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सकृय सहभागिता रहेको नगरसभाले शिक्षा विज्ञान तथा प्रविधि, संस्कृति तथा पर्यटन र स्वास्थ्य तथा सरसफाईमा बिशेष योजना कार्यन्वयन गर्ने गरी बजेट ल्याएको छ । यता जिल्लाका १४ पालिकाहरु मध्ये प्रायः सबै पालिकाको

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक