भूमिकास्थानले बाँझो जमिनमा खेती र सडक कालोपत्रे गर्दै

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नवप्रवर्धनात्मक कार्यक्रमअन्तर्गत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यावसायिक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बढ्दो बसाइसराइलाई कम गर्न आर्थिक वर्ष २०८१–८२ का लागि सोहीअनुसारको कार्यक्रम तय गरेको नगरप्रमुख झविलाल थापाले बताएका छन् ।

नगरपालिकाले यसै आर्थिक वर्षदेखि सञ्चालन गरेको कर्मशील जनशक्ति प्रभावकारी बन्दै गएकाले स्वरोजगार बनाउने उद्देश्यका साथ अगाडि बढेको हो । सूचीकृत बेरोजगारलाई थप रोजगारी उपलब्ध गराउने र स्थानीय कच्चा पदार्थ मकैको पोस्कर थाकलको पातबाट हस्तकलाका सामग्री उत्पान गरी रोजगारमूलक कार्यक्रममा जोड दिनेछ ।

स्थानीय जातका कोदो, फापर गहुँ, जौ, भटमास जस्ता बालीको संरक्षण गरी अर्गानिक कृषि वस्तुमा जोड दिई यस्ता स्थानीय बालीको उपयोग र बजारीकरणमा प्राथमिकता दिने नीति लिएको छ ।

यस्तै, भूमिकास्थानले नगरस्तरीय मुख्य सडकको अतिरिक्त वडास्तरका १० वटा सडकमा समेत कालोपत्रेको कार्य प्रारम्भ गर्नेगरी बजेटको व्यवस्था गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख थापाले यस्तो बताएका हुन् । निर्माण सम्पन्न भएर दक्ष जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको १५ शøयाको अस्पताल सञ्चालन गर्ने नीति लिएको हो ।

महिलालाई स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क परीक्षण गरिने उपप्रमुख बालकृष्ण बन्जाडेले बताए । ज्येष्ठ नागरिकलाई घरदैलो सेवालगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आउँदो आर्थिक वर्ष २०८१–८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट पेस गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले बताए । आर्थिक विकास क्षेत्रमा ३ करोड २८ लाख ९४ हजार, सामाजिक विकास क्षेत्रमा ३९ करोड ७९लाख ३१ हजार, पूर्वाधार विकासमा १३ करोड ९१ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ४० लाख, सुशासन तथा संस्थागत विकासमा १० करोड ९९ लाख ४९ हजार, ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रममा ६८ करोड ३८ लाख ७४ हजार र ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रममा १८ करोड ५० लाख गरी ८६ करोड ८८ लाख ७४ हजारको बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत नेपालीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी