धनगढीका नगर प्रहरीलाई ‘वाटर रेस्क्यु’ तालिम

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई ‘वाटर रेस्क्यु’सम्बन्धी चारदिने तालिम सञ्चालन भएको छ । विपद्का बेला फसेका नागरिकहरुलाई उद्धार गर्ने तरिका ’bout तालिममा सिकाइने छ ।

तालिम शुक्रबारबाट सुरु भएको छ । शुक्रवार सैद्धान्तिक कुराहरू ’bout सिकाइएको र शनिबारदेखि तीन दिनसम्म ताल तथा नदीमा गएर अभ्यास गराइने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सशस्त्र प्रहरी बल धनगढीका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलीले धनगढी नगर प्रगरीलाई जल उत्पन्न प्रकोपको समयमा द्रुत उद्धार सम्बन्धी तालिम दिइएको छ । नगर प्रहरीलाई चार दिनसम्म जल उत्पन्न प्रकोपको समयमा उद्धार तथा पुर्नस्थापना सम्बन्धी तालिम दिइने प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

विपद्को समयमा फसेका नागरिकलाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल पुर्याउनेलगायत विषयमा तालिम प्रदान गरिने धनगढी उपमहानगरपालिकाका प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

तालिममा ३५ जना नगर प्रहरी सहभागी रहेका छन् । उनीहरुलाई सैद्धान्तिक कुरा र प्रयोगात्मक अभ्यास गराइने छ । धनगढीमा विपद्का बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको प्रशासकीय प्रमुख खातीले बताए ।

उपमहानगरपालिकाले विपद्को समयमा नागरिकलाई सहयोग पुगाउन नगर प्रहरीको क्षमता विकास गर्न विभिन्न तालिम दिँदै आएको र तालिम पश्चात् नगर प्रहरीलाई विपद्को समयमा काम गर्न सहज हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडा नम्बर–१५ बाट एकीकृत समाजवादीको आशा