पुस्तौदेखि संचारविहीन हुम्लाको चाला गाउँ

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ४ को चाला गाउँ अहिलेसम्म पनि संचार बिहिन नै छ । चारैतिर चाँदीजस्तै टल्किने हिमालहरूको पहिलो दृश्यबाट प्रत्येक दिनको चाला गाउँको हेराई सुरुवात हुन्छ । बिहानै उठ्ने बित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएको जस्तै हिउँले छोपिएका हिमाल देख्दा चालाबासी आफूलाई गर्वको महसुस गरने गरेता पनि हालसम्म संचारको पहुँच नहुदा दुखी भएको महसुश गर्ने गरेका छन् । हिउँदको करिब चार महिना चालामा बाक्लो हिउ जम्ने हुदाँ चालाबासी गाउँबाट यताउता आवतजावत बन्द हुन्छन् ।

बाक्लो हिमपात हुने बित्तिकै यहाँको जनजीवन समेत प्रभावित हुन गरेको छ । नाम्खा गाउँपालिका-४ का वडा सदस्य सोनाम र्दोजी तामाङ गाउँपालिका र वडाको बैठक भएपनि संचार नहुदा थाहा नपाएर बैठकमा उपस्थित समेत हुन नपनएको गुनासो गरेका छन् । गाउँ भन्दा दुई घण्टा टाढा दूरीमा पुगेर टेलिफोन गरेपछि मात्रै सूचना थाहा पाउने गरेको वडा सदस्य सोनाम तामाङले बताए। गाउँमा सञ्चार नहुँदा गाउँपालिकामा हुने बैठकका विषयमा आफूलाई थाहा नहुने गरेको तामाङको दुखेसो छ।

गाउँभन्दा बाहिर गएका आफन्तसँग फोन गर्न दुई घण्टा टाढा पुगेर कुराकानी गर्दै आएको स्थानीय छिरिङ तामाङले बताइन्। काठमाडौंमा अध्ययनरत बच्चाबच्चीसँग कुरा गर्न समस्या हुने गरेको तामाङको भनाइ छ। ‘नत सञ्चार छ नत गुणस्तरीय स्वास्थ्य सेवा नै छ। हामी चालाबासी राज्यबाटै पछाडि परेका छौं,’ तामाङले भक्कानिदै भनिन।

गाउँमा सञ्चारको पहुँच नुहुँदा चालाबासी बर्सेनि समस्या झेल्न बाध्य भएको स्थानीय टोपछिरिङ लामाको भनाई छ । जिल्ला बाहिर गएका आफन्तसँग कुराकानी गर्न दुई घण्टा टाढा अग्लो डाडाँमा पुगेर फोन गर्न पर्ने बाध्यता रहेको लामाले बताए। गाउँमा कोही स्थानीय बिरामी हुँदा समेत कठिनाइ हुने उनको भनाइ छ।

गाउँमा झण्डै ३५ घरधुरी सञ्चारविहीन छन् । कसैले चाला गाउँको विषयमा चासो चिन्ता नदेखाएको उनले दुखेसो पोखिन । ‘निर्वाचनको समयमा भोट बैंकका रुपमा चाला गाउँका बासिन्दालाई प्रयोग गर्ने राजनिति दलको २१ औं शताब्दीसम्म चाला बासीको लागि सचारको क्षेत्रमा ध्यान जान नसकेको स्थानियको गुनासो रहेको छ । संचार मात्र नभई विकासका विषयमा पनि कुनै पार्टीका नेताहरूले चासो देखाएका छैनन्,’ लामाले भने । हुम्लाको दुर्गम गाउँ वर्षौंदेखि सञ्चार सेवाबाट पिरोलिँदै गएको छ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?