निगमले खानुपर्ने गम

नेपाल आयल निगम नेपालको सबैभन्दा बढी विवादित र फन्डा सिर्जना गर्ने स्वायत्त निकायका रूपमा देखापरेको छ । यसको बाहिरी दाँत र भित्री दाँत फरकफरक छन् । आन्तरिक रूपमा प्रत्येक वर्ष प्रशासनले बोनस खाने यो निकाय बाह्य रूपमा सधैं घाटामा रहेको हुन्छ ।

यो घाटा आपूर्तिका लागि भनेर निगमले सधैं पेट्रोलियम पदार्थको मूल्य बढाउँछ । कहिले काहीँ अन्तर्राष्ट्रिय मूल्य समायोजनका नाममा पनि यस्तो काम गर्छ । तर, स्टक पेट्रोलको मात्रा कहिल्यै पनि देखाउँदैन । यी काम छद्मझैं देखापर्छन् । अहिले पनि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य घटबढ नभएको भने पनि आन्तरिक मूल्य भने लागू हुने भएको छ । मूल्य वृद्धिपछि काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ भएको छ ।

त्यसैगरी पूर्वी नेपालको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी तथा पश्चिम नेपालगन्ज, धनगढी र वीरगन्जमा ’round रहेका पेट्रोल डिलरहरूमा पेट्रोल प्रतिलिटर १ सय ६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १ सय ५२ रुपैयाँ परेको छ । सुर्खेत र दाङजस्ता उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६६ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ भएको छ ।

अहिले उपभोक्ता समिति पनि निष्क्रिय प्राय रहेको छ । अरू सम्बन्धित संघसंस्था पनि निदाएका छन् । उपभोग्य र खाद्य पदार्थको बजार मूल्य अराजकताको चुली आरोहणमा लागेको छ । सरकार यसका ’boutमा हैसियतविहीन छ ।

निगमले यो महँगीको कारण जति देखाए पनि पुनर्विचार गर्नु जरुरी छ । सरकारले बर्सेनि एकोहोरो लगानी गर्ने करोडौं बजेटको ख्याल गरिनुपर्छ । जनतामा आर्थिक भार थोपर्दा राम्रो देखिँदैन । अब यातायातलगायत कृषिमा पनि यसले महँगी ल्याउने निश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा