शिक्षणमा गला र कलाको प्रभाव

शिक्षण पेसा प्राज्ञिक मात्र होइन, प्राविधिक कार्य पनि हो । यो प्राविधिक पेसालाई न त राज्यले बुझेको छ, न त सम्बन्धित निकायहरूले नै । हाम्रा गुरुजनहरूले पढाउनु भनेको पाठ्यपुस्तकमा भएका पाठहरू आपूm प्रवक्ता र विद्यार्थीहरू श्रोताका रूपमा सहभागी हुने, व्याख्या गर्ने, कण्ठ गर्न लागाउने र कठस्थ गर्न नसक्नेहरूलाई कमजोर विद्यार्थीको उपमा दिने कार्यका रूपमा बुभ्mने गरेको पाइन्छ । यस्तो शिक्षण विधि ‘आउटडेटेड’ शैली हो । यस्तो शिक्षण शैलीबाट शिक्षण सिकाइ माथि उठ्न सक्दैन । त्यसैले, यस वर्षको विद्यालय परीक्षाको नजिताको मात्र करा गर्ने हो भने पनि आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए । धेरै सरकारी विद्यालयमा एक जना विद्यार्थी पनि उत्तीर्ण नभएको अवस्था छ ।

वास्तवमा शिक्षण पढाउने कार्य मात्र होइन, सिकाउने कार्य हो । शिक्षण सिकाइसँग सम्बन्धित हुन्छ । शिक्षणमा गला र कलाको ठूलो भूमिका हुन्छ । गला शिक्षकहरूको बोली, वचन र व्यवहारसँग सम्बन्धित हुन्छ भने कला शिक्षण सीपसँग जोडिन्छ । शिक्षणमा ज्ञानात्मक, भावनात्मक, क्रियात्मक र व्यावहारिक पक्षहरू जोडिएका हुन्छन् । ज्ञानात्मक पक्षमा शिक्षक आप्mनो विषयमा प्रविण हुन अनिवार्य हुन्छ । विद्यार्थीहरूलाई सरल तरिकाले सिकाउनु पर्छ । शिक्षकमा राम्रो चालचलन, असल व्यवहार, उदाहरणीय व्यक्तित्व, सभ्य, सुशील, योग्य, मीठो बोली, स्नेहीपूर्ण व्यवहार, सहनशील, धैर्यवान्, नेतृत्वसीप, पक्षपातरहित व्यवहार र सहयोगी व्यक्तित्वजस्ता गुणहरू आवश्यक ठानिन्छ ।

यस वर्ष २०८० सालको विद्यालय परीक्षाको नतिजामा ५२ प्रतिशतको हाराहारीमा विद्यार्थीहरू अनुत्तीर्ण भए । यस सम्बन्धमा समाजमा एक किसिमको हलचल पैदा भएको देखियो । कतिपयले सरकारलाई दोष दिए भने कतिपयले शिक्षकहरूले राम्ररी पढाएनन् पनि भने । कतिपयले विद्यार्थीहरूलाई दोष दिने कार्य भयो । पत्रपत्रिकाहरूमा ठूलाठूला हेडलाइन बने । यस वर्ष विद्यार्थीहरूले नयाँ पाठ्यक्रमअन्तर्गत पहिलोपटक जाँच दिएका हुन् । यस वर्षदेखि सरकारले दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूले ग्रेड वृद्धि गर्न मौका परीक्षा दिन पाउने नीति लिएको थियो । धेरै विद्यार्थी अनुत्तीर्ण भएपछि शिक्षा मन्त्रालयले सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय ग¥यो । यो निर्णय झट्न सुन्दा राम्रो मानिए तापनि यस्तै मौसमी निर्णयहरू हुने गरेकाले शिक्षा क्षेत्र अन्योलग्रस्त भएको हो । राज्यसँग दूरदृष्टिको अभाव छ भन्ने कुरा पुष्टि भएको हो ।

यस मुलुकमा दक्ष योग्य व्यक्ति शिक्षामन्त्री हुन नै पाउँदैनन् । राजनीतिक भागबन्डामा योग्यता, क्षमता, दृष्टिकोण वा कार्ययोजनाबिना नै मन्त्री हुने तर शिक्षा क्षेत्रका मिहिन समस्याहरूको उत्खनन् गर्न नसक्नेक्रम लामो समयदेखि चल्दै आएको छ । सरकारले विद्यार्थीहरूलाई उत्तीर्ण मात्र गराउन चाहन्छ । उनीहरूमा गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ ? भन्ने कोणबाट काम गरेको पाइन्न । राम्रो शिक्षण सिकाइबिना विद्यार्थीहरूलाई उत्तीर्ण गराउने नीति लिने कि विद्यालयहरूमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने ? यस सम्बन्धमा राज्यले सोच्नु पर्दैन ?

शिक्षा मन्त्रालयले अनुत्तीर्ण सबै विद्यार्थीले पूरक परीक्षा दिन पाउनेजस्ता मौसमी निर्णय गर्दा शिक्षा क्षेत्र अन्योलग्रस्त छ

मुलुकका शिक्षण संस्थाहरू परम्परागत शिक्षण शैलीबाट ग्रस्त छन् । शिक्षकहरूले पाठमा लेखिएका सूत्र, अक्षर, शब्द, वाक्य तथा अनुच्छेदहरूलाई पढेर विद्यार्थीहरूलाई सुनाउने काम मात्र शिक्षण होइन । यो शैली पाठको पण्डित्याइँ हो । परम्परागत शास्त्रीय शैली हो । गुरुजनहरूले विद्यार्थीहरूलाई पाठहरू घोकाउने, कण्ठ गर्न लगाउने विधिबाट शिक्षण सिकाइ बाहिर आउन सकेको छैन । शिक्षण कला हो । यो कलाअन्तर्गत शिक्षकले कुन तह वा उमेर समूहका विद्यार्थीलाई निर्धारित पाठ के उद्देश्य प्राप्तिका लागि, कस्तो शिक्षण विधि अपनाइ, कस्ता शैक्षिक सामग्रीहरूको प्रयोग गरी, कति समय लगाएर शिक्षण गर्दा पाठमा निर्धारित सिकाइ उपलब्धिहरू विद्यार्थीहरूमा हस्तान्तरण गर्न सकिन्छ भन्ने जस्ता व्यावहारिक विधिहरू पर्छन् ।

शिक्षण कार्यका लागि गुरुजनहरूमा केवल विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन । गुरुजनहरूले शिक्षण सिकाइलाई जीवन्त बनाउनका लागि समयसापेक्ष ज्ञान तथा शिक्षण कलाहरूसँग जानकार हुनु आवश्यक हुन्छ । विद्यार्थीहरूमा सिक्ने प्रतिभा र क्षमता एकै स्तरका हुँदैनन् । विद्याथीहरूको पूर्वज्ञान, रुची, क्षमता, चाहना, तहगत स्तर, स्वभाव, उमेर र मनोविज्ञानजस्ता विशेषताहरूले सिकाइमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारेको हुन्छ । विद्यार्थीहरूमा रहेका उल्लिखित वास्तविकताको पहिचान गरी सोही मुताविक सिकाउनु शिक्षण कला हो । शिक्षण कलाको अभावमा सिकाइ प्रभावकारी हुन सक्दैन ।

त्यसो त शिक्षण सिकाइको एउटा मात्र विधि हुँदैन । शिक्षण सिकाइका सम्बन्धमा विज्ञहरूका विभिन्न धारणाहरू रहेको पाइन्छ । शिक्षाविद् जुडका अनुसार सिकाइ सिकारुको पूर्वज्ञानका आधारमा अगाडि बढ्दै जाने प्रक्रिया हो भन्ने छ । जुडको भनाइअनुसार विद्यार्थीमा तहगत शैक्षिक जग बलियो हुन सकेन भने माथिल्ला कक्षाहरूमा सिकाइ प्रभावकारी हुन सक्दैन भन्ने अर्थ लाग्छ । शिक्षाविद् भिसिलम्यानले कुनैपनि कुराको सिकाइमा सिकारुको दृष्टिकोणले काम गरेको हने बताउँछन् । सिकारुको दृष्टिकोण प्रस्ट पार्ने र भविष्यको मार्ग दर्शन गर्ने काम शिक्षकहरूको हो । असल शिक्षक विद्यार्थीका लागि अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र, स्रोत व्यक्ति, मार्ग निर्देशक तथा प्रेरणाको स्रोत हो । भिसिलम्यानले भनेजस्तो विद्यार्थीहरूमा दृष्टिकोण निर्माण गरेर पढाइप्रति भोक जगाउने काम गर्नु शिक्षण सिकाइको एउटा कला हो ।

शिक्षण कार्यका लागि शिक्षण विधि र कौशल दुवै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षणमा एकातिर प्राज्ञिक दक्षताबिनाको गलाले मात्र काम गर्दैन भने अर्कोतिर प्राज्ञिक दक्षता भएर पनि गलाको संयोजन हुन सकेन भने शिक्षण सिकाइ प्रभावकारी हुन सक्दैन । शिक्षणलाई पाठ्यपुस्तकीय विषयवस्तुलाई पण्डित्याइँ मात्र गर्ने, कण्ठस्थ गराउने, अभ्यास गराउने र कक्षागत श्रेणी बढाउने कार्यले शिक्षार्थीको मौलिक प्रतिभाको विकास हुन सक्दैन । विद्यार्थीहरू नयाँ खोज र अनुसन्धानमा लाग्न सक्दैनन् । शिक्षार्थीहरूमा मौलिक चिन्तन, सिर्जनात्मक शक्ति, अन्वेषण र अनुसन्धान गर्नसक्ने क्षमता तथा आत्मविश्वासको कमी हुन्छ ।

शिक्षालाई समयसापेक्ष बनाउनु पर्छ भन्नेमा कोही कसैको पनि विमति छैन । शिक्षालाई समयसापेक्ष बनाउने मोडेलभित्रको एउटा महŒवपूर्ण पाटो शिक्षण सिकाइमा सुधार गर्नु हो । यसको अर्थ गुरुजनहरूले पुरानो शिक्षण शैलीको पण्डित्याइँ बदलेर विद्यार्थीमैत्री शिक्षण गर्नु हो । ‘न्यारेसन सिक्नेस’बाट शिक्षणलाई बाहिर निकाल्नु हो । घोकन्ते विद्याले विद्यार्थीका मौलिक सिर्जनाका ढोकाहरू खुल्न सक्दैनन् । सुगा रटान शैलीको सिकाइले विद्यार्थीहरूमा आप्mनोपन, मौलिक चिन्तन, वैज्ञानिक तर्क, सिर्जनात्मक शक्ति, अन्वेषण र अनुसन्धानमैत्री क्षमताको वृद्धि हुन नसक्ने हुनाले यस्तो शिक्षण सिकाइमा रूपान्तरण अनिवार्य सर्त हुन आउँछ ।

गुरूजन पाठ भट्याउने प्रवक्ता र विद्यार्थीहरू श्रोताका रूपमा सहभागी हुने शिक्षण सिकाइ प्रचलनमा छ

हाम्रो मुलुकमा एकातिर राज्यले मुलुकका अब्बल जनशक्तिलाई शिक्षण पेसामा आकर्षक गर्न सकेको छैन भने अर्कोतिर राजनीतिक प्रभाव र दबाबका आधारमा शिक्षकहरू नियुक्ति गर्ने काम भइरहेको छ । शिक्षणजस्तो प्राज्ञिक क्षेत्रमा अब्बल जनशक्तिलाई प्रवेश गराउन नीतिगत प्रबन्ध गर्नुपर्छ । जसले जति भारी बोक्न सक्छ, त्यति नै बोकाउनुपर्छ भन्ने कुरा राज्यले बुभ्mनुपर्छ । यसको अर्थ शिक्षणलाई कलात्मक बनाउनका लागि शिक्षक नै काविल हुनुपर्छ भन्ने हो । शिक्षणको यस आधारलाई नीतिगत रूपमा लागू गर्ने काम राज्यको हो । तर, राज्यको शिक्षा क्षेत्रको दृष्टिकोण दूरदर्शी छैन ।

आइन्सटाइनले मैले विद्यार्थीलाई पढाउँदिन, केवल उनीहरूले पढ्ने वातावरणको सिर्जना गरिदिन्छु भनेझैं विद्यार्थीहरूलाई सिक्ने वातावरण सिर्जना गर्ने काम विद्यालयको हो, शिक्षकहरूको हो । शिक्षाको केन्द्रबिन्दु विद्यार्थी भएकाले सिक्ने र सिकाउने वातावरणको सिर्जना गर्नु आवश्यक ठानिन्छ । यसो गर्दा कक्षाकोठाको व्यवस्थापन, शैक्षिक सामग्रीहरूको तयारी, विद्यार्थी केन्द्रित व्यावहारिक शिक्षण कला, शिक्षकको असल सिकाइ प्रभावकारी हुनसक्छ । विद्यार्थीहरूमा पढाइलेखाइप्रति रुची नजगाईकन गरिने शिक्षण रुचीकर हुँदैन, बोधो हुन्छ । शिक्षाशास्त्री हेनरी फ्रेडरिकले उचित सल्लाह दिनसक्ने कला नै उत्तम शिक्षण हो, भने झैं शिक्षकहरूले विद्यार्थीलाई उचित सल्लाह दिनुपर्छ । यो सल्लाह असल चरित्र निर्माण गर्न, पढाइलेखाइमा अब्बल बन्न, कमीकमजोरीहरू हटाउनलगायतका सकारात्मक सुझावहरू हुन् भन्ने बुभ्mनुपर्छ ।

अन्त्यमा शिक्षा क्षेत्र यस्तो भएको छ कि, एकातिर मिलाउँदा अर्कोतिर नमिल्ने अवस्थामा छ । यस्तो अवस्थामा एकले अर्कोलाई दोष दिएर पन्छिने काम कोही कसैले गर्नुहँुदैन । सबैका कमी कमजोरीहरू आ–आप्mनो ठाउँबाट सुधार गर्ने काम गर्नुपर्छ । यसो गर्दा राज्यले लगानी मात्र गर्ने होइन, नतिजामुखी बनाउनका लागि विज्ञहरूको साथ लिएर काम गर्नुपर्छ । शिक्षा क्षेत्रमा काम गर्ने संयन्त्रहरूलाई जिम्मेवार बनाउनुपर्छ । शिक्षकहरू आप्mनो पेसाप्रति इमानदार भएर काम गर्नुपर्छ । शिक्षण सिकाइलाई अपडेट गर्नुपर्छ । विद्यार्थीहरूको भविष्य निर्माण गर्ने मूल ढोका शिक्षा भएकाले सबैले मेहनत गर्ने बानीको विकास गर्नुपर्छ । अभिभावकले आप्mना छोराछोरीहरूलाई पढ्ने लेख्ने वातावरणको सिर्जना गरिदिने जस्ता कामहरू गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस