नदी, नागरिक समाज र सरकार

यस कहानीमा तीपृथ्वीन पात्र छन्, नदी, नागरिक समाज अनि सरकार । हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । सालाखाला रूपमा यिनका प्रत्येक कार्यले एक अर्कालाई प्रभावित गरिराखेको हुन्छ । यो एउटा कथा हो, जसको समाप्ति नदीको जिम्मेवारीलाई यथास्थितिमा ल्याउन गरिने संकल्पका लागि मात्र हुनेछ ।

नदी प्रकृतिद्वारा निर्धारित मार्गमा कलकल गरेर बग्ने पानीलाई भनिन्छ । पानी जुनकुनै जलाधार या समुन्द्रसँग मिल्छ, तब नदी बन्छ । नदीको जन्म हिमाल, पहाड, जंगल, हिमनदी, जरुवा, मूल र कुण्डहरूबाट हुन्छ । यिनीको पानीको मुख्य स्रोत वर्षात्को पानी नै हो । पृथ्वीको बनोटले नदीलाई उसको दिशा दिन्छ र गुरुत्व बलले अगाडि बढ्न मद्दत गर्छ । सबै नदीहरूको कथा लगभग एकैजस्तो हुन्छ । भूगर्भीय हलचलका कारण पृथ्वीको भूगोल बदलिन्छ । आज जहाँ हिमालय छ, यस ठाउँमा करोडौं वर्षपहिला टेथिस सागर नामक समुन्द्र थियो ।

यस प्रायद्वीप र चीनबाट निस्कने नदीहरू त्यस समुन्द्रमा मिसिन्थे । कालान्तरमा टेथिस सागरको गर्भबाट हिमालयको जन्म भयो । हिमालय र यस प्रायद्वीपको तल्लो क्षेत्र गंगा, सिन्धु र ब्रह्मपुत्र नदीको उत्पत्तिस्थल बन्यो । यस उदाहरणले प्रमाणित गर्छ कि भूगर्भीय हलचलहरूका कारणले पृथ्वीको भूगोल बदलिने रहेछ । यो बदलिनुको कारण एकातिर नयाँ नदीहरूको जन्म हुन्छ भने अर्कोतिर अनेक पुराना नदीहरूको अस्तित्व समाप्त भएर जान्छ । यो एउटा अन्त्यहीन प्रक्रिया हो । नदीहरूको जन्म बेग्लाबेग्लै कालखण्डमा भएका छन् । तिनको जन्मको कथा करिब ३ हजार ४ सय करोड वर्षपहिले सुरु भएको मानिन्छ । पृथ्वीको बदलिँदो भूगोलले अनेकौं परिवर्तन गरेको छ ।

उदाहरणका लागि हिमनदीहरूको उत्पत्तिको कथा लगभग ८ करोड वर्षपहिलेको हो, त्यसैले दक्षिण भारतका नदीहरू धेरै पुराना मानिन्छन् । नदीहरूको जन्म र मृत्युका अनेक साक्षी चट्टानहरूमा सुरक्षित छन् भने कताकतै प्राकृतिक हलचलहरूले तिनलाई पूर्णरूपमा मेटाएको छ । मौसमको असरले पृथ्वीमा भौतिक एवं रासायनिक परिवर्तन हुन्छ । यी परिवर्तनका कारण उत्पन्न हुने फोहोरमैला हटाउनका लागि नदीले पानी उपलब्ध गराउँछ भने फोहोरमैलालाई वर्षात्को पानीले बगाएर नदीमा पु¥याउने काम गर्छ । यो प्रक्रिया निरन्तर वषौंवर्ष चलिरहन्छ । यो प्राकृतिक व्यवस्था हो । के मानवीय प्रयासले यसलाई समाप्त गर्न सक्ला र ? नदीले पृथ्वीमा आफ्नो बग्ने बाटो बनाउँदै जान्छ । निरन्तर बहने पानीले प्रत्येक वर्ष माटो र चट्टानहरू काटेर आफ्नो बाटो गहिरो पार्छ । यो काम नदीले समुन्द्रमा नमिसिएसम्म निरन्तर गरी नै रहन्छ ।

बाढीको समयमा नदीले आफ्नो जब सीमा नाघेर बग्छ, तब उसको प्रभाव क्षेत्रको विस्तार हुन्छ । यसको निर्धारण प्रकृतिले गर्छ । त्यो नै यसको परिवर्तनका लागि जिम्मेवार हुन्छ । प्रचलित भनाइ नै छ, १२ वर्षमा खोला पनि फर्किन्छ । परापूर्वकालमा मानिस र नदीको सम्बन्ध खेतीपाती, घरेलु सरसफाई तथा लुगा धुनेसम्मका लागि सीमित थियो । त्यस कालखण्डमा सबै नदी आफ्नो प्राकृतिक दायित्व बिनाकुनै अवरोध पूरा गर्थे । बिस्तारै बिस्तारै बस्ती बढ्दै गयो । राज्य सत्ताको उदय भयो । भवन निर्माणको कला विकसित भयो । पानीको बढ्दो ज्ञानले भलै समाजलाई कुवा, पोखरी आदि निर्माण गर्न सिकायो । तर, समाजको सर्वाधिक निभरता नदी र बालुवामा नै थियो ।

नदीहरूको प्राकृतिक जिम्मेवारी फोहोरमैला तथा घुलनशील रसायनहरूलाई समुन्द्रमा जम्मा गर्नु हो । यो नै तिनको अविरलता तथा निरन्तरताको उद्देश्य मानिन्छ । यसै अविरलता तथा निरन्तरताको मद्दतले उसले पृथ्वीलाई सफा अनि जमिनको तहमा भएका हानीकारक रसायनहरूलाई हटाएर पानीलाई स्वच्छ बनाउँछ । यो नदीको पहिलो जिम्मेवारी मानिन्छ । बाढीको पानीले नदीको किनारामा माटोको कटान गर्ने तथा मलिलो माटो जम्मा गर्ने काम गर्छ । बाँकी माटो समुन्द्रमा जम्मा गरेर टापु बनाउँछ । नदीको अविरल प्रवाहले उसको प्राकृतिक दायित्व पूरा गर्नमा मद्दत गर्छ । यो नदीको दोस्रो जिम्मेवारी हो । पानीको प्रवाहले नदीमुनि ढुंगा, गिट्टी, गेगर माटो, बालुवालाई व्यवस्थित तरिकाले सानो ठूलो क्रममा जम्मा गर्छ । ढुंगा तथा ठूला कणहरूले बाढीलाई सोस्दा जतिजति नदी अगाडि बढ्दै जान्छ, त्यति नै पानी बाहिर आउन थाल्छ र प्रवाहमा वृद्धि हुन्छ ।

यो नदीको बालुवा अनि बगरको दायित्व हो । पुरै विश्वमा हरेक वर्ष नदीहरूद्वारा लगभग ५ सय ६० करोड टन फोहोरमैला र लगभग २ सय ४० करोड टन धुलित रसायनहरू समुन्द्रमा जम्मा हुन्छ । ब्रह्मपुत्र नदीले प्रतिदिन औसत १० लाख टनभन्दा बढी फोहोरमैला समुन्द्रमा थुपार्छ । त्यसैगरी, सिन्धु नदीले १० लाख टन तथा गंगा नदीले त्यसको केही कम फोहोरमैला समुन्द्रमा पु¥याउँछ । यसबाट हाम्रा नदीहरू पनि अछूता छैनन् । बाग्मती, विष्णुमती, मनोहरमा प्रत्येक सातामा गरिने सफाई अभियानका क्रममा निस्कने फोहोर मैलाले नै संकेत गर्छ कि यी नदीले कति मात्रमा फोहोर उत्पादन गर्छन् भनेर ।

केही वर्षपहिलेसम्म नदीहरूद्वारा समुन्द्रमा फोहोरमैला जम्मा गर्ने काम बिनाकुनै रोकटोक या अवरोध हुने गथ्र्यो ।

कालखण्डका आधारमा समाज र नदीको सम्बन्धलाई दुई भागमा बाँड्न सकिन्छ । पहिलो कालखण्ड हो, समाजसँग नदीको विकल्प अरू केही नहुनु । दोश्रो कालखण्ड हो, समाजसँग नदीद्वारा दिइने सेवाको विकल्प’bout थाहा हुनु ।

भौगर्भिक हलचलका कारण नयाँ नदीहरूको जन्म हुने र पुराना नदीहरूको अस्तित्व समाप्त हुने प्रक्रिया चलिरहन्छ

भन्न सकिन्छ कि पहिलो कालखण्डमा नदीमाथि समाजको हस्तक्षेप सीमित थियो । नदीको पानीको उपयोगको सीमित मात्रमा मात्र गर्ने गरिन्थ्यो । यसको व्यापक उपयोग’bout मानिसलाई कमै थाहा थियो । हिमालयका अधिकांश भागहरूमा धेरै पानी पर्ने गथ्र्यो । यसरी परेको पानी बेगले तलतिर झथ्र्यो र उसले आफूसँग धेरै फोहोरमैला ल्याउँथ्यो । पहाडमा धेरै बाह्रमासे खहरेखोला अनि झरना थिए । स्थानीय समाजले भौगोलिक स्थितिलाई ध्यानमा राखेर पहाडी खहरेहरू, साना जलधाराहरू र झरनाहरूको पानीको उपयोगको व्यवस्था विकसित गरेका थिए । उनीहरूले साना जलधाराको पनि उपयोग गरे, तर नदीमा यी कुनै संरचना बनाएनन् । नदीको पानीको आंशिक उपयोगका कारण मुख्य जलधारामा जलप्रवाह बनिरहन्छ र उसको प्राकृतिक दायित्वमा कुप्रभाव पर्दैन ।

दोस्रो कालखण्डमा स्थानीय रैथाने प्रणालीहरूका ठाउँमा अंग्रेजहरूले अपनाएका पश्चात्य प्रणाली अस्तित्वमा आए । यस परिवर्तका कारण पछिल्ला लगभग २ सय वर्षदेखि नदी र समाजका सम्बन्धहरूमा स्पष्ट परिवर्तन भएको देखिन्छ । पानीमाथि सरकारको हस्तक्षेप हुन गयो । मानिसको हातबाट सरकारले आफ्नो हातमा अधिकार लिएका कारण समाजको भूमिका गौण भयो । यस कालखण्डमा सरकारले नदीमा विशाल बाँध अनि तटबन्ध बनाउन थाले ।

पछिल्ला ५० वर्षमा नदीहरूको बालुवाको मात्र अकल्पनीय रूपमा वृद्धि भएको छ । बालुवा निकासीको अहिलेको तरिकाले बालुवा निकालेका कारण नदीमार्गमा ठाउँठाउँमा खाल्डा खुल्डी बन्छन् । प्रत्येक वर्ष बाढीको पानीले यिनलाई पुरे पनि पुरानै अवस्थामा फर्किन सक्दैन । यसरी पुरानो अवस्थामा फर्किन नसक्नुका कारण ढुंगा, चट्टान, गिट्टी, गेगर, बलुवा इत्यादिको प्राकृतिक व्यवस्था खण्डित हुन्छ । जसका कारण नदीको प्रवाह घट्छ तथा बाढीको सम्भावना बढ्छ । नदीलाई प्रदूषित गर्नमा समाजको भूीमका अपेक्षाकृत कम छ, तर तिनको कार्यले नदीलाई प्रदूषित गर्दै छ । जलाधार क्षेत्रमा रासायनिक खेती, बदलिँदो भू–उपयोग घट्दो वनजंगलजन्य गतिविधिहरू, मूर्तिहरू सेलाउने र पूजाका सामग्री विसर्जन तथा अन्य स्थानीय कारण समाजको पहलबाटै नदीको पानीको गुणस्तर घटाउँदै लगेको छ ।

सरकारले नदीहरूमा सयौं संख्यामा ठूला, मझौला, साना बाँध, सिँचाइ, जलाशयहरू बनाएको छ । जसका कारण सिचाइ र विद्युत् सेवा उपलब्ध भएको छ । तर, बाँधमा जमेको पानी प्रदूषित भएका कारण जीवजन्तु तथा वनस्पतिहरूको जीवनमा जोखिम बढेको छ । बगेर आएका कार्बनिक पर्दाथहरू तथा बाँध बाँधेका कारण छेउछाउका वनस्पतिहरू अक्सिजनविहीन बनेर कुहिनाले मिथेन ग्यास बन्छ । यसबाहेक सिञ्चित इलाकामा अनेक समस्या उत्पन्न हुन्छन् । सरकारद्वारा बालुवा निकाल्न अनुमति दिनाले गहराइको अस्पष्टताका कारण अवैज्ञानिक उत्खननलाई बढवा मिलेको छ । जसका कारण नदीको प्राकृतिक व्यवस्था खण्डित हुन्छ । बाढीको खतरा बढ्छ, प्रवाह घट्छ र नदी सुक्न थाल्छ । नदीहरूका प्राकृतिक दायित्वहरूमाथि गहिरिँदो संकटको परिणामले सरकारको सामुन्ने गम्भीर चुनौती छ । तसर्थ, बेलैमा यदि सरकारले नदीहरूको प्राकृतिक स्वरूप र दायित्वको बहाली गर्ने प्रयास गर्नु आवश्यक छ । यदि त्यसो नगर्ने हो भने मानिस तथा जीवजन्तुलाई स्वच्छ पानी उपलब्ध गराउन साह्रै कठिन हुनेछ ।

मननीय कुरा यो छ कि, नदी प्राकृतिक जलचक्रको अभिन्न अंग हो । मानवीय गतिविधिहरूले यसलाई समाप्त गर्न सक्दैन । यसले बाटो बदल्नेछ, नयाँ भाग्य लेख्नेछ, जुन समाज र सरकारका लागि ठूलो चुनौती हुनेछ । यस सत्यलाई ध्यानमा राखेर सरकार र समाज एकजुट भएर नदीलाई प्राकृतिक जिम्मेवारीलाई पूरा गर्ने अवसर दिनुपर्छ । यसले पर्यावरणीय विकास गर्न र भविष्यको सुनिश्चिततामा मद्दत पु¥याउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित