परीक्षण तीव्र बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लोपटक पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थप दुई जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

लन्डनबाट फर्किएका एकै परिवारका तीनमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । प्रवक्ता डा. देवकोटाका अनुसार अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा तीनै जनाको पोजेटिभ देखिएपछि पीसीआरबाट थप परीक्षण गरिएको हो । बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण सुरु भइसकेको छ ।

यसैबीच, देशभरका अस्पतालमा ९९ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये १२ जना उपत्यकाभित्र र ८७ जना उपत्यकाबाहिरका अस्पतालमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

हालसम्म १२ हजार ९ सय ६ जनाको कोरोना परीक्षण भइसकेको छ । जसमध्ये आरडीटीमार्फत ६ हजार ६ सय ७ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको स्वास्थ्य सामग्री यथाशीघ्र खरिद गर्न सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसको ल्याब टेस्ट तीव्रतापूर्वक अघि बढाउन सरकारलाई अनुरोध गरेको छ । कोरोना भाइरससँग सम्बन्धित सामग्री गुणस्तरीय हुनुपर्ने भन्दै समिति सभापति जयपुरी घर्तीले परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘परीक्षण तीव्र बनाउनुपर्छ । हामीले सरकारलाई तत्काल परीक्षणको दायरा बढाउन र स्वास्थ्य सामग्री खरिद गरी छिटो वितरण गर्न आग्रह गरेका छौं ।’ कोरोना भाइरसको त्रासमा रहेकाहरूलाई मनोपरामर्शको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले अनुरोध गरेको छ ।

चिकित्सक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत प्रत्यक्ष उपचारमा खटिने व्यक्तिलाई सुरक्षा सामग्री व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी