राजविराज । त्रियुगा नदीको बाढी मंगलवार विहान वस्तीमा पस्दा सप्तरीको सप्तकोशी नगरपालिका वडा २ का मुस्लिम र राम वस्तीका ७० घर डुवानमा परेका छन् ।
सो वस्तीमा ४ फिट सम्म पानी भरिएको वडाअध्यक्ष जहिर हुसेनले जानकरी दिए । बाढीले सो वस्तीका ३८ परिवारका करिब ७० घर डुवानमा परेको उनले बताए । घरको खाटमाथी बाट त्रियुगा नदीको बाढी बग्न थाले पछी घर छाडेको मुस्लिम वस्तीका मो.नसिरले बताए । उनले सो वस्तीका प्राय सबै घर आँगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर कोही स्थानीय मस्जिदमा त कोही आफन्त कहाँ शरण लिई वसेको जानकारी दिए ।
स्थानीवसाी दिनेश रामका अनुसार विहान १० बजे त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक वस्तीमा प्रवेश गरेपछि गाउलेको भागाभाग भएको थियो ।
नहरले बगाएर वेपत्ता भएका युवा मृत अवस्थामा फेला
जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले वस्तीमा बाढी पसेको खबर पाए लगतै सेना, सशस्त्र र नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ती उदार कार्यमा खटिएको र कुनै मानवीय क्षति न भएको जानकारी दिए ।
डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानमा राखिएको उनले बताए । बाढीले त्यस क्षेत्रमा करिब १ सय विघामा लगाइएको धानवाली समेत सखाप भएको छ । त्रियुगा नदि नियन्त्रणका लागी दीर्घकालिन हुने गरी बाँध न बनाइएकाले यस्तो समस्या र क्षति भोग्नु परेको स्थानीयको गुनासो छ ।
यस क्षेत्रमा वर्षायाममा वर्षेनी यस्तो समस्या हुने गरेको स्थानीयवासी मो.अनवरले बताए । स्थानीयले बाढीबाट हुने जनधनको क्षति रोक्न दिर्घकालिन उपाए खोज्नु पर्ने माग समेत गरेका छन ।
यता ५ दिन अघि विद्युतीय पोलबाट चिप्लिएर कोशी पश्चिम नहरमा खसेर वेपत्ता भएका सप्तरीको महादेवा गाउँपालिका ३ का २२ वर्षिय प्रदिप यादवको मृत शरिर सोमवार साँझ फेला परेको छ । नहर किनार मै रहेको विद्युतिय पोलमा चढेर तार जडानको काम गर्दै गर्दा गत शुक्रवार अचानक पोलमा खुट्टा चिप्लिएर नहरमा खसेका उनी वेपत्ता भएका थिए । नहरमा वर्षाका कारण पानीको तिब्र गतिले उनलाई बगाएको थियो ।
नेपाल प्रहरीले उपकरणको प्रयोग गरी नहरको पानी रोकेर खोज तलास गर्दा घट्नास्थलबाट ३ किलो मिटर टाढा उनको शव सोमवार साँझ भेटिएको डिएसपी नेउपानले बताए । मृतकको शव स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा पोस्टमार्टम पश्चात मंगलवार आफन्तको जिम्मा लगाई घट्ना’bout थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







