निर्माता शेरचन र गौचनद्वारा ‘जेरीः अन टप’ नामप्रति आपत्ति

काठमाडौं । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्र ‘जेरीः अन टप’को नाम प्रति चलचित्र ‘जेरी’का निर्माता मनोजकुमार शेरचन र सहनिर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन् । जेरी निर्माण भएको एक दशकपछि जेरी २ को निर्माण तयारीमा रहेका निर्माता मनोजले निर्माता सरोज न्यौपानेलाई यो नाममा चलचित्र नवनाउन प्रेस विज्ञप्ति मार्फत सुझाब दिएका छन् ।

निर्माता मनोजले राजधानीसँग यो चलचित्रको ’bout भने, हामीले संयुक्त रुपमा निर्माण गरेको चलचित्र जेरी २०७१ साल कात्तिक २८ गते रिलिज गरेका थियौं र यो चलचित्र त्यतिबेला हिट भएपछि यसको सिक्वेलको रुपमा जेरी २ को निर्माण’bout सल्लाह गर्दै थियौं । सोही क्रममा निर्माता सरोज न्यौपानेले जेरी २ बनाउने भनेर हामीसँग नामको प्रतिलिपि अधिकारी मागेपछि उहाँलाई हामीले जेरी २ शिर्षक १५ लाख रुपैयाँमा बेचेका थियौं ।’

यसरी सरोज न्यौपानेले ‘जेरी’को सिक्वेलका रुपमा ‘जेरी–२’ निर्माण गर्ने भएपछि मनोजकुमार शेरचन र सम्राटप्रसाद गौचनले १५ लाख रुपैयाँको शर्तमा ‘जेरी–२’ अनुमति प्रदान गरेका थिए । सोही अनुरुप २०७९ असार २० गते दुई पक्षबीच कागजी सम्झौता भएको थियो । सम्झौताको क्रममा सरोजले मनोजलाई सुरुमा ५ लाख रुपैयाँ पेस्की पनि दिए । साम्झौता अनुसार दोश्रो किस्ताको रुपमा बाँकी १० लाख रुपैयाँ माग्दा सो नाममा चलचित्र निर्माण नगर्ने भन्दै सुरुको पाँच लाख रुपैयाँ पनि आफुसँग फिर्ता लिएको निर्माता मनोजले राजधानीलाई बताएका छन्,‘सम्झौता भएको ६ महिनापछि न्यौपानेले आफूहरुले ‘जेरी–२’ नबनाउने निर्णय भन्दै जेरी टाइटल पनि आवश्यक नपरेको बताए र हामीसँग पैसा फिर्ता मागे । न्यौपानेको अनुरोधपछि मैले पहिलो किस्तावापत् लिएको ५ लाख नगद फिर्ता गरिदिएको थिएँ ।’ यसपछि आफुहरु बीचको सम्झौतापत्र रद्द गरिएको पनि उनले बताए ।

तर यतिबेला निर्माता सरोज न्यौपानेले जेरी नै नाम राखेर ‘जेरीः अन टप’ चलचित्र निर्माणको घोषणा गरेपछि निर्माता मनोज शेरचन न्यायको लागि चलचित्र विकाश बोर्ड र नेपाल चलचित्र निर्माता संघ पुगेका छन् । निर्माता सरोज न्यौपानेले आफूहरुसँग व्यावसायिक इमानदारिता नदेखाएको भन्दै निर्माता मनोज र अर्का सह निर्माता सम्राट प्रसाद गौचनले आपत्ति जनाएका छन् ।

यता सरोज न्यौपानले दुई साता अघि नै जेरी अनटप नाम राखेर चलचित्र निर्माणको घोषणा सहित अभिनेता अनमोल केसीलाई राखेर यो चलचित्रको फस्ट लुक्स समेत सार्वजनिक गरेका छन् । सरोजले पोस्टरमा ‘जेरी’ शब्दलाई ठूलो साइजमा हाइलाइट गराएका छन् भने ‘अन टप’लाई सानो साइजमा राख्न लगाएका छन् । जेरी अनटपको छायाँको साउनबाटै गरिने बताईएको छ । यो चलचित्रको निर्देशकको रुपमा सरोजले सुयोग गुरुङलाई समेत अनुबन्धित गरिसकेका छन् । यस अघि आफ्नो लगानीमा ‘जेरी–२’ बन्ने भन्दै यो चलचित्रमा निर्देशक हेमराज बिसी र कलाकार अनमोल केसी तथा आना शर्मा रहने समाचार समेत सरोजले प्रकाशन गरेका थिए । बिसी अमेरिकामै बसेपछि उनको ठाउँमा सुयोगलाई राखेर यतिबेला जेरी अनटप नाम सार्वजनिक गरेका हुन् । आनालाई हटाएर यसमा जसिता गुरुङलाई अनमोलको नायिकाको रुपमा अनुबन्धित गरिएको छ ।

यता मनोजकुमार शेरचन र सम्राटप्रसाद गौचन दुवैजना आफ्नै ढंगले ‘जेरी–२’ बनाउने तयारी गरिरहेकाले जेरी नाम नराख्न सरोजलाई सुझाब दिएका छन्,‘न्यौपानेको नियत हामीसँग अनुमति नै नलिई बिना कुनै शुल्क जेरी नाम भजाउनु रहेछ,’ शेरचन र गौचनले भने, ‘उनको यो क्रियाकलापले गर्दा मिडिया र आम दर्शकमा ‘जेरीः अन टप’ नै ‘जेरी’को सिक्वेल हो भन्ने भ्रम पैदा भएको छ ।’

केही मिडियाले अझै पनि ‘जेरीः अन टप’लाई ‘जेरी–२’कै रुपमा प्रचारप्रचार गरिरहेको आफुहरुले पाएको पनि मनोजले बताए । चलचित्र‘जेरी’ चलचित्रसँग यो ‘जेरीः अन टप’को कुनै पनि साइनो नरहेको प्रष्ट पार्दै यो नामलाई निर्माणको लागि अनुमति नदिनसमेत चलचित्र विकाश बोर्डमा निवेदन दिएका छन् । निर्माताद्वय शेरचन र गौचनले बिहीबार चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा चलचित्र ‘जेरीः अन टप’प्रति आपत्ति जनाउँदै निवेदन दिएका हुन् । जेरी २ को ’boutमा मनोजले राजधानीसँग भने, ‘हामी निकट भविष्यमा छिट्टै जेरी–२ निर्माण गर्दैछौं, अहिले कथा लेख्ने काम भइरहेको छ ।’

यता ‘सम्बोधन’ र ‘ग्याङ्स्टर ब्लुज’जस्ता चलचित्रका निर्माता सरोज न्यौपानेले जेरीको विवाद’bout कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यो विवादको ’boutमा चलचित्र विकाश बोर्डले बुझेर मात्र यही नाममा चलचित्र निर्माणको लागि अनुमित दिने या नदिने भन्ने निस्कर्ष निकाल्ने बोर्डका प्रवक्त केएल बुढाथोकीले बताएका छन् । विवादमा रहेको नाम’bout सम्बन्धित पक्षको मञ्जुरी विना यस्ता नामहरुलाई आफुहरुले रोक्ने प्रावधान रहेको बोर्डका प्रवक्त केएल बुढाथोकीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई