बाढीले पाँच करोडको झेदी पुल बगायो

गुल्मी । गुल्मीमा पानी परेपछि आएको बाढीले झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बगाएको हो । साँझदेखि नै मुसिकोटलगायतका क्षेत्रमा आएको अत्याधिक पानी परेपछि खोलामा बहाव बढ्न गई पुल बगाएको स्थानीय मदन घिमिरेले जानकारी दिए ।

पुलको हालसम्म तल्लो भागसम्म ढलान भएको थियो । पुल पूर्ण निर्माण हुन आवश्यक अधिकाशं काम सकिन लागेको बेला बाढीले बगाएको घिमिरेले जानकारी दिए । पुस महिनाबाट निर्माण सुरु भएको पक्कि पुलको काम जेठको अन्तिम हप्तासम्म सक्ने योजना रहेको थियो । उक्त पुल गत बर्ष पनि भत्किएको थियो ।

गत वर्ष भत्किएको थियो पुल
बडिगाढ खोलामाथि बन्दै गरेको पुल गत बर्ष वैशाख १ गते आइतबार साझँ भत्किएको थियो । ढलान गरेको दुई दिनपछि भत्किएको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो । कुल ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको हुनसक्ने अनुमान गरिएको थियो । त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मंगलबार काठमाडौबाट विज्ञ समुह गुल्मी आएको थियो ।

वि.स. ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामग्री नै बगाउन थाले । अनि काठमाडौबाट समुह आई पुलको डिजाईन नै परिवर्तन गरि फेरी बनाउदा ढिलाई भएको थियो । त्यसैमाथि बाढीले बगाउदा झन एक बर्ष ढीलो भएको थियो । अहिले दोस्रो पटक पुलमा क्षति पुगेसँगै अब कहिले बन्ने अनिश्चित भएको छ ।

स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तरगत कुल पाचँ करोड १७ लाखको लागतमा पुल बन्न लागेको शव इन्जिनियर इन्द्र विलास पोख्रेलले बताए । जसमध्ये दुई करोड ७३ लाखभन्दा बढी भुक्तान भइसकेको छ । अहिले ५ नम्बर प्रदेश सरकार, भौतिक विकास पूर्वाधार कार्यालय, गुल्मी मातहतमा रहने गरी पुलको निर्माण कार्य भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह