त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयास गरिरहेका छन् ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको उक्त जहाजमा १७ जना रहेको बताइएको छ । जहाज के कति कारणले कसरी दुर्घटना भयो भन्ने कुराको विस्तृत जानकारी बाहिर आएको छैन ।

दुर्घटना भएको जहाज यति एयरलाइन्स भनिएको थियो । तर यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बरतौलाले यति एयरलाइन्सको कुनै पनि जहाज दुर्घटना नभएको स्पष्ट पारेका छन् । दुर्घटना भएको जहाज सौर्य एयरको भएको समेत सामाजिक सञ्जालमार्फत् सूचना दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 635 times, 1 visits today)

epaper

ताजा समाचार

आज यी ११ प्रमुख राजमार्ग अवरुद्ध