२०७६ धानेका यी चार अभिनेता

काठमाडौं । ३ वैशाख २०७६ साललाई तीन जना क्यारेक्ट कलाकारले धानेका थिए । २०७६ मा सर्वाधिक व्यापार गर्ने चलचित्र ६ माया छपक्कैको मुख्य अभिनेतामा दीपकराज गिरी थिए । नायकभन्दा पनि हास्य अभिनेताका रूपमा परिचित उनले बिगत पाँच वर्षदेखि नेपाली चलचित्र उद्योगलाई हरेक वर्ष हिट फिल्म दिँदै आएका छन् । चरित्र अभिनेताका रूपमा परिचित यी अभिनेताले २०७६ मा व्यावसायिक फिल्म ६ माया छपक्कै दिएका हुन् ।

दुई सफल फिल्म दिएर २०७६ साललाई धानेका अर्का अभिनेता दयाहाङ राई हुन् । यी अभिनेताको २०७६ सालमा चारवटा चलचित्र रिलिज भए । उनका चार चलचित्र मध्य २ वटा चलचित्र कबड्डी कबड्डी र जात्रै जात्रा व्यावसायिक रूपमा सर्वाधिक सफल भयो । उनको बाँकी दुई चलचित्र सेन्टी भाइरस घाटामा गयो । यस्तै, दयाहाङले चरित्र अभिनेता भएर काम गरेको अर्को चलिचत्र आप्पा भने व्यावसायिक रूपमा असफल भयो । तथापि दुईवटा फिल्म फिल्म यी अभिनेताले २०७६ सालमा दिए ।

२०७६ मा दुई चलचित्र दिन सफल अर्का महँगा अभिनेता विपीन कार्की हुन् । एउटा फिल्मबाट २० लाख रुपैयाँ पारिश्रमिक लिने विपीनको २०७६ सालमा चलचित्र जात्रै जात्रा हिट साबित भयो । उनको अर्को चलचित्र सेल्फी किङ पनि २०७६ मै रिलिज भयो । तर, यो चलचित्र बक्स अफिसमा व्यावसायिक रूपमा पूर्णअसफल भयो । यसरी विपीनले २०७६ मा एउटा हिट र एउटा फ्लप फिल्म दर्शकलाई दिए ।

२०७६ मै अभिनेता पुष्प खड्काका दुई चलचित्र रिलिज भए । जसमध्ये हरिवंश आचार्य, किरण केसीको फिल्म दाल भात तरकारीले राम्रो मुनाफा कमायो । पुष्पको चलचित्र दाल भात तरकारी हिट भए पनि उनको अर्को फिल्म मारुनी व्यावसायिक रूपमा सफल भएन । यसरी यी अभिनेताले २०७६ मा एउटा हिट र एउटा एभरेज फिल्म नेपाली चलचित्र उद्योगलाई दिए ।

यी महंगा अभिनेताका पनि फ्लप फिल्म
अर्का महंगा अभिनेता पल शाहको २०७६ सालमा दुईवटा चलचित्र वीर बिक्रम २ र पोइ प-यो काले रिलिज भयो । तर, बक्स अफिसमा उनको यी फिल्मले पनि कुनै जादू देखाउन सकेन । एउटा फिल्मबाट १५ लाख रुपैयाँ पारिश्रमिक माग्ने यी अभिनेता पनि २०७६ सालमा असफल अभिनेताको सूचीमा परे । उनको अर्को फिल्म म यस्तो गीत गाउँछु २ गत ३० चैतमा रिलिज हुन सकेन । अब यो फिल्म आगामी भदौमा रिलिज हुने बताइएको छ ।

महँगो पारिश्रमिक लिने अर्का अभिनेता सौगात मल्लले २०७६ सालमा एउटा पनि हिट फिल्म दर्शकलाई दिन सकेनन् । २०७६ मा सौगातको पोइ प¥यो काले र माछा माछासहित दुईवटा चलचित्र रिलिज भए । तर, यी दुवै चलचित्रले बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेन । दुवै फिल्म व्यावसायिक रूपमा फ्लप भए । एउटा फिल्मबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिने सौगातले पनि बक्स अफिसमा हिट फिल्म २०७६ मा दिएनन् ।

यस्तै, अभिनेता आर्यन सिग्देलको पनि २०७६ सालमा दुईवटा नेपाली चलचित्र रिलिज भए । उनको हजार जुनीसम्म र चच हुईसहित दुईवटा चलचित्र रिलिज भएका हुन् । तर, यी दुवै फिल्मलाई दर्शकले साथ नदिँदा व्यावसायिक रूपमा घाटामा गए । एउटा फिल्मबाट आर्यनले पनि १५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । यी अभिनेताले पनि २०७६ मा नेपाली चलचित्र उद्योगलाई सफल चलचित्र दिन सकेनन् ।

चलेनन् यी अभिनेता पनि
२०७६ मा सफल चलचित्र दिन नसकेका अन्य अभिनेतामा निश्चल बस्नेत, आयुष्मान देसराज जोशी, अनुप बिक्रम शाही, सुशील श्रेष्ठलगायत पनि पर्छन् । निश्चलको रिलिज भएको चलचित्र घामड शेरे व्यावसायिक रूपमा सफल भएन । अयुष्मानका दुईवटा फिल्लमा सानो मन र प्रेम दिवस २०७६ मा रिलज भए । तर, दुवै घाटामा गए । अनुप बिक्रमका आधा दर्जन असफल फिल्म २०७६ मा रिलिज भए । सुशीलको २०७६ मा रिलिज भएको बादशाह जुट र लभ डायरिज गरी दुवै चलचित्रले राम्रो व्यापार गरेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने