दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

दैलेख । दैलेखको सदरमुकाममा अन्तराष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस मनाइएको छ । हामी सबैको एउटै आवाज, मानवविचविखन मुक्त समाज, मानव बेचविखनको अन्त्य समानता र स्वतन्त्रता, बालविवाह अन्त्य गरौ, निर्णायक तहमा महिलाको आवश्यकता, लैङ्गिक हिंसा अन्त्य गरौं नारा लेखिएका प्लेकार्ड बोकेर सदरमुकाममा ¥याली निकाली दिवस मनाइएको हो ।

सदरमुकामको गणेशस्थानदेखि हातमा मानव बेचविखन विरुद्धका प्लेकार्ड बोकेर ¥याली निकाली दिवस मनाईएको हो । मानव वेचविखन विरुद्धको दिवसमा सरकारी एवं गैरसरकारी संघ संस्था कर्मचारीको सहभागि थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिकाको समन्वय र सोसेक नेपाल संस्थाको आयोजना मानव वेचविखन विरुद्धको दिवस मनाईएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । सदरमुकामको गणेशस्थान देखी ¥याली निकालेर बजार परिक्रममा गरि दिवस मनाएका हौं । यस ¥याली केही मात्रामा भएपनि सकारात्मक सन्देश दिनेछ,उनले भने ।

उक्त दिवसमा सहकारी एवं गैरसरकारी संघ संस्थाका कर्मचारी सहभागी भएपनि जनप्रतिनिधी कोही पनि सहभागी भएनन् । जनप्रतिनिधीको उपस्थिति नहुँदा सदरमुकामबासीले जनप्रतिनिधी नागरिकप्रति उत्तरदायि नभएको आरोप लगाए । नागरिकले कर्मचारीले दिवस मनाउने,तर जनताको सेवा गर्छु भनेर राजनितीमा लागेका जनप्रतिनिधी दिवसमा सहभागी नहुनेले मतदाताको कदर नभएको बुद्धिजिवीको ठम्याई छ ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहाले प्रलोभन देखाई खाडीमुलुक पु-याउने भने अनुसारको पारिश्रमिक नदिने,अंग प्रत्यारोपण गर्न लगाउने,बालश्रमिक राख्ने कम ज्याला दिने सबै कामहरु मानव बेचविखन भएकाले आम नागरिक सचेत हुनपर्ने बताए । कही कतै त्यस्ता घटना भए सुचना दिनको लागि जिल्लाबासीलाई अनुरोध समेत गरे । यो ¥यालीले सकारात्मक सन्देश दिएको छ उनले थपे ।

दिवसमा लोपोन्मुख जातिको सहभागीता
अन्तराष्टिय मानव बेचविखन विरुद्धको दिवसमा नेपालको सम्पदा र कर्णालीको गहना भनेर चिनिने राउटे समुदायका युवती र आफुलाई वनको बाघ भनेर चिनारी दिएको कुसुन्डा जातकी युवती समेतको सहभागिता रहेको थियो । फरक भेष भुषामा सजिएकी राउटे युवती दिवसको ’bout बुझे वा नबुझे पनि दिवसमा सहभागिता जनाएका थिए ।

हातमा लैङ्गिक हिंसा अन्त्य गरौ लेखिएको प्लेकार्ड बोकेकी गाजली शाहीलाई यो के दिवस हो भनेर प्रश्न गर्दा उनले जवाफ दिईन,हामी राउटे पढन जान्दैनौं के लेखिएको छ यो त तिमीलाई थाहा होला भनेर जवाफ फर्काइन । जिल्ला सदरमुकाममा मनाएको अन्तराष्ट्रिय मानव वेचविखन विरुद्धको दिवसमा राउटे र कुसुन्डा समुदायकी तीन युवती आर्कषण केन्द्रविन्दु बनेका थिए । कार्यक्रम सकिएपछि कुसुन्डा र राउटे युवतीसँग नेपाल प्रहरी लगायत अधिकाँश सरकारी एवं गैरसरकारी संघ संस्थाका कर्मचारीले ती युवतीसँग तस्वीर खिच्नेको होडबाजी नै चलेको थियो ।

साउन १२,१३ र १४ गते सोसक नेपालले आयोजना गरेको क्षमता विकास,बार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठीमा सहभागीका लागि राउटे र कुुसुन्डा युवती सहभागीका लागि जिल्ला सदरमुकाम आएका थिए । सोसेक नेपाल संस्था हिमा दाङको हिमा कुसुन्डालाई सहजकर्ता पदमा रोजगारी दिएको छ भने राउटे समुदायमा विगत ७ बर्ष देखी राउटे परियोजना मार्फत सामाजिकरण गर्न स्वास्थ्य,शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा