कोरोना कहर : किसानलाई पाकेको गहुँ भित्र्याउन समस्या


नेपालगन्ज । लकडाउनका कारण नेपाली किसानलाई यति बेला हिउदे बाली भित्र्याउने चटारो छ ।

एकातिर नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन घरमै बस्नु पर्ने बाध्यता छ भने अर्कोतिर खेतबारी भरी पहेलै पाकेर सुन जस्तै भएको गहँु भित्र्याउने चटारो पनि उत्तिकै हुँदा विभिन्न समस्याले घेरेको किसानको गुनासो छ ।

लकडाउनका कारण खेतमा पहेलै भएको गहुृँकाट्ने मजदुर भेट्टाउन कठिन भएको अवस्थामा काटेको गहुँ दाई हालेर भण्डारण गर्ने समस्या पनि उत्तिकै रहेको बाँके डुडुवा गाउपालिका वडा नं. ६ का किसान जयपाल मौर्यको भनाई छ ।

उनले गहुँ काट्ने मजदुरको अभावकै बेलामा लकडाउनको कारण घरबाट बाहिर निस्कन कठिन भहेको र काटेको गहुँ थ्रेसिङका लागि थ्रेसर मेसिन चलाउन आवश्यक डिजल लिन जान पनि समस्या नै रहेको बताए ।

उनको जस्तै समस्या बाँके जानकी गाउपालिका–३ का श्यामलाल तमौलीको पनि रहेको छ । उनी भन्छन्–‘खेतमा गहु पाकेर पहेलै भएको छ काट्ने मजदुर पाईदैन पाईहाले पनि ज्याला चर्को छ । अर्कोतिर काटेरमात्रै भएन दाउनको लागि पनि थ्रेसरको समस्या छ ।’

उनले लकडाउनका कारण गहुँ खरिद गर्न व्यापारी गाउमा आउन छाडेको कारण भण्डारमा समेत समस्या भएको बताए । आफुले प्रयोगमा ल्याउने गहुँ राखेर खलोबाटै बिक्रि गर्दै आएको बताउने उनलाई गहँु कसरी भण्डरण र वितरण कसरी गर्ने चिन्ताले सताएको छ । ‘खलोमै राखौ सुरक्षा हुदैन घरमा लैजाउ राख्ने ठाउपनि छैन’–उनले आफ्नो पिरलो सुनाए ।

कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन आवहान गरिएको लकडाउनका कारणले हिउदेबाली हारबेस्टिङ्गमा (भित्र्याउन)मा किसानले समस्या झेल्नु परेको बताए ।

उनले किसानका खेतमा पाकेर पहेलै भएको गहुँ नकाट्दा पानी र असिनाले समस्या पार्ने काट्नलाई पनि मजदुरको अभाव, थे्रसरको अभाव भण्डारणको अभाव जस्ता समस्या भएको गुनासो आफुकहाँ आउने गरेको र बताए ।

खेतीको समयमा भएको वर्षाले ५ प्रतिशत क्षति भए पनि समग्रमा बाँके र बर्दियामा गहुँ उत्पादन बढेको र यस क्षेत्रमा उन्नतजातको गहुँको खेती बढी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

उनले गहुँको लागि थ्रेसर र अन्ययन्त्रको लागि पासको व्यवस्था गर्दै ईपास दिनको लागि पहल गरेको जानकारी दिदै गहुँ ढुवानी गर्दा व्यानर राखेर गर्न किसानलाई सुझाव दिएको बताए ।

पछिल्लो समयमा बाँके र बर्दियामा सिँचाईको सुबिधा बढ्दै जाँदा गहुँ खेती र उत्पादन पनि बढ्दै गएको पाईएको छ । बाँकेमा २१ हजार हेक्टर र बर्दियामा २० हजार हेक्टर गहुँ खेति गरिएको छ । यसबर्ष उत्पादन ५ देखि १० प्रतिशतसम्म बढ्ने सम्भावना कृषि ज्ञान केन्द्र बाँकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त