महिलालाई आत्मनिर्भर बनाउँदै विपि विचार समाज

सप्तरी । सिपमूलक तालिम पाएपछि बेरोजगार रहेका महिलाहरु आत्मनिर्भर बन्ने विश्वास शनिवार यहाँ आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले व्यक्त गरेका छन् । विपि विचार समाज राजविराजद्वारा सप्तरी र सिराहाका महिलाहरुलाई सहभागी गराई तिन महिना अघि थालिएको खेलौना बनाउने, ब्यूटी पार्लर तथा सिलाई कटाई सम्बन्धि तालिमको अन्तिम दिन शनिवार आयोजित प्रमाणपत्र वितरण कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो विश्वास व्यक्त गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद निलम रजकले दक्ष प्रशिक्षकद्वारा चलाइएको तीन महिने लामो सिपमूलक तालिम लिएकाहरु रोजगार तथा स्वरोजगार भई आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन् ।

शिपमूलक तालिमले बेरोजगार महिलालाई आफ्नै खुट्टामा उभिन तथा सहज जीवनयापनमा सहयोग पुग्ने अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइरालाले बताए । संस्थाका सचिव मोहम्मद सविर आजमद्वारा उदघोषित एवम् अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक सुलोचना देव (ममता), प्रशिक्षक सरस्वती मण्डल, रुवी विश्वकर्मा, खुश्वु कर्ण, सहनाज खातुनले आ आफनो अनुभव प्रस्तुत गरेकी थिईन ।

तीन महिनासम्म चलेको सिपमूलक तालिममा सिराहा र सप्तरीका १ सय ५० जना महिलाको सहभागिता रहेको आयोजक विपी विचार समाजले जनाएको छ । २०६८ साल चैत्र ७ गते स्थापना भएको उक्त संस्था विशेष गरी जनसहभागितामा आधारित सिपमूलक तालिमहरुलाई प्राथमिकता राखी आफ्नो गतिविधि संचालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह