सुस्त मनस्थिति किशोरी बलात्कार गरेको आरोप लागेका युवक कारागार चलान

१३ वर्षपछि पक्राउ परेका ३६ वर्षीय नरदेश राई ।

खोटाङ । खोटाङमा एक सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार गरेर फरार रहेका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले पक्राउ गरी सोमबार कारागार चलान गरेको छ ।

२०७२ साल माघ १८ गते राति १४ वर्षीया सुस्त मनस्थितिकी किशोरीलाई आफन्तको घरबाट फर्किरहेको बेला बाटोमा रोकेर सामूहिक बलात्कार गरेका थिए । घटनाको दुई दिनपछि पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजायको फैसला सुनाएको थियो ।

नरदेशलाई १३ वर्षको कैद सजाय तोकिएको थियो । फैसला भएको तीन वर्षपछि उनी घरमा आएको अवस्थामा साउन २७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

प्रहरी चौकी रतन्छाले आइतबार राति १०ः०० बजे उनलाई पक्राउ गरी सोमबार जिल्ला ल्याएर अदालतमा पेश गरेको थियो । घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

रश्मीले उठाएको कदमवारे अनेकन अड्कलबाजी