बैशाख । बझाङमा असिना पानीले भित्र्याउन लागेको अन्नबाली नष्ट पारी दिएको छ । जिल्लाको छविस पाथिभेरा, थलारा, दुर्गाथली र खप्तडछान्ना गाँउपालिकामा पाकेको अन्नबाली असिना पानीले नष्ट पारेको हो । पाकेर भित्र्याउने क्रममा रहेको मुख्यबाली गहुँ, जौलगायत फलफुल तथा तरकारी असिना पानीले नष्ट पारेको र अहिले भोकमरि हुने भन्दै स्थानीय कृषक चिन्तामा परेका छन् ।
बुधबार बेलुकि चलेको हावाहुरिसँगै परेको असिनापानीले अन्नबालीमा क्षति पु¥याएको हो । बझाङको छविसपाथिभेरा गाउँपालिकाको बगडगाउँ, भन्डारीगाँउ, जीवली, झुतेडा, ब्याँसी, भाँडे, बुढखोरी थलारा, लेकगाँउ, मालुमेला, खानी, सिरेटालगायतका दर्जनभन्दा बढी ठाउँका कृषकले लगाएको सबै बाली असिनाले नष्ट पारेको कृषकहरुले बताएका छन् ।
दुई दिनपछि गहुँ काट्ने भन्दै ठिक्क तयारीमा रहेका थलारा गाँउपालिका कृषक दिपक चलाउनेलगाएको अन्नबाली सबै असिनाले नष्टपारी दिएपछि उनी निकै चिन्तामा छन् । गाउँका केही महिला दिदीबहीनीहरु सँग ४ गते सहयोग मागेर गहुँ काट्ने योजना थियो, चलाउनेले भने, ‘३ गते बेलुका नै परेको असिना पानीले खेतबारिमा भएकोे गहुँबाली नष्ट पारी दियो । अब गहुँ, जौलगाएको खेतबारीमा पशु चौपाया छोड्नुको विकल्प छैन । रमिला सुनारको परिवारको पनि हालत उस्तै छ ।






