ट्राफिक चेकिङ्गको क्रममा गठ्ठाघरमा स्कुटर चालक पुरुषको मृत्यु

काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर गठाघरमा चेकिङ्ग गर्ने क्रममा ट्रकले ठक्कर दिएको छ ।

मालबाहक ट्रकले ठक्कर दिंदा अन्दाजी ४०–४५ वर्षका एक पुरुषको मृत्यु भएको भक्तपुर प्रहरीले पुष्टि गरेको छ । विहिवार अबेरसम्म पनि महिलाको मृत्यु भएको भनेर हल्ला भएता पनि मृतक पुरुष भएको पुष्टि भएको हो । मृतकबाट उत्तम कोइराला नामको लाइसेन्स फेला परेको प्रहरीले जनाएको छ । यद्यपि मृतकको पहिचान भने खुल्न सकेको छैन ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ना. ६ ख २१७३ नम्बरको मालबाहक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । दुर्घटना भएको सवारी ट्रक काठमाडौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २ महाराजगन्ज, काठमाडौमा राखिएको छ । ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३२ को सतेन्द्र श्रेष्ठ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । स्कुटर भने वृत्त ठिमीमा राखिएको छ ।

उक्त सवारी दुर्घटनाको विषयलाई लिएर विरोध प्रदर्शन हुँद प्रहरीले २२ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । घट्ना नियन्त्रण गर्न ११८ जनाको प्रहरी टोली खटिएकोमा नपुग भए पछि १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिईएको थियो ।

घटनामा प्रहरी उपरीक्षक बेद बिष्ट, प्रहरी जवान बहादुरे राउत र जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने बर्ष सौगात सापकोटा सामान्य घाइते भएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ । गठ्ठाघर स्थितमा सडक विचमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट सोही भीडले आक्रमण गरी विटमा रहेको टेबल, प्रहरी ह्याण्डसेट थान १ र चार्जर थान १ समेत क्षती पुगेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 600 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान