गत ३२ साउनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने थामेगाउँमा आएको बाढीपहिरोले पुरै गाउँलाई असर पा¥यो, मानिस बस्नलायक घरहरू बाँकी भएनन् । त्यसैले, तत्कालै सो गाउँका मानिसका साथै घरपालुवा जनावरहरूलाई अन्यत्र सारिएको छ । अझ सो बाढीपहिरो रातमा आएको भए ठूलो मात्रामा जनधन घरपालुवा पशुको क्षति हुने थियो । अध्ययनअनुसार थामेगाउँको शिरमा रहेका साना–साना दुई पोखरी फुटेपछि बगेको पानीका कारण अचानक सो बाढीपहिरो आएको थियो । कसैले ध्यान नै नदिएको र जोखिम छ हैै † नभनेको वा जोखिमपूर्ण तालमै नगनिएका साना–साना दुई पोखरी फुट्दा त त्यो हलचल भयो बिगार ग¥यो भने विगत लामो समयदेखि वैज्ञानिकहरूले जोखिमपूर्ण रहेका भनिएका ठूला र जोखिमपूर्ण मानिएका ताल फुटेमा र हिमालबाट हिमपहिरो खसेमा के होला ? खैर यस विषयलाई यहीँ छाडौं ।
विश्वका धेरै कम मानिसलाई मात्रै थाहा होला कि, सगरमाथा हिमालको भविष्य पनि निकट भविष्यमै अन्धकारमय हुँदै छ भन्ने सम्बन्धमा । हुन पनि सगरमाथा हिमाल पृथ्वीमा रहेका हिमालमध्येमै अग्लो हिमाल हो । त्यसैले गर्दाखेरि यस हिमालको शिरमा एकपटक भए पनि आपूmले पाइला राख्ने सपना देख्नु जुनसुकै देशका पर्वतारोहीहरूका लागि अनौठो होइन । त्यसैले, हरेक वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहणका पछिल्ला समय कम्तीमा ४ सय ३५ देखि लिएर ५ सय ९० (६ सय प्लसको संख्यामा) विदेशी पर्वतारोहीहरू नै आउन थालेका छन् । त्यसैगरी, सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका साथ जाने सहयोगी (सरदार, गाइड–शेर्पा, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, कुक, सम्पर्क अधिकृत)समेत गर्दा लगभग १ हजार ६ सयदेखि २ हजार १ सय जनासम्मको ठूलो भीडभाड सगरमाथा हिमालको आधार शिविरमा डेढ महिनादेखि दुई महिनासम्म रहने गरेका छन् ।
सगरमाथा हिमाल निकट भविष्यमै अन्धकारमय हुने आँकलन चिन्ताका साथ भइरहेको छ
हुन पनि नेपाल सरकारले हालसम्म ४ सय १४ वटा विभिन्न हिमाललाई पर्वतारोहीहरूले आरोहण गरून् भनी खुला गरेको छ । तापनि सगरमाथा हिमालमै किन पर्वतारोहीहरूको यस्तो भीड हुन्छ ? सरल ढंगले यसको जवाफ दिनु सगरमाथा हिमाल विश्वको एक मात्र ‘आइकोनिक’ हिमालका रूपमा स्थापित भएको छ । त्यसैले पनि हालसम्म सगरमाथा हिमाल आरोहण गर्नका लागि सुरुदेखि अहिलेसम्म करिब १९ हजारदेखि २२ हजार पर्वतारोहीहरूले अनुमति लिईसके होलान् ? हुन त कतिपय पर्वतारोहीहरूले सगरमाथा हिमाल एक पटकभन्दा बढी अर्थात् दोहो¥याएर, तेह¥याएर पनि पनि चढेका छन् । कतिपय पर्वतारोहीहरूले १०औं देखि लिएर ३०औंपटकसम्म आरोहण गसिकेका छन् । गत वर्ष दुईपटक गरेर २८औंपटक सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका कामीरिता शेर्पाले यसपटक (सन् २०२४ को वसन्त ऋतुमा) समेत एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर ३०औंपटक सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
भूगर्भविद तथा वैज्ञानिकहरूका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइस्टोन’ले बनेको हो भने आजभन्दा १ करोड ५३ लाख वर्षदेखि १ करोड ५७ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको थियो । साथै, टेथिस महासागरमा रहेका टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा सगरमाथा हिमाल बनेको हो । गुगल सर्चनुसार टेथिस महासागर आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म पैmलिएको थियो भने त्यसबेला (करिब ४० मिलियन वर्षअघि) उत्तरतर्पm सर्दैसर्दै आल्पस पर्वतमाला र हिमालय पर्वतमाला बनेको हो । त्यस्तै, करिब ८० मिलियन वर्षअघि आजको भारत ६ हजार ४ सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।
त्यस्तै, केही वर्ष अघिसम्म सगरमाथाको उचाइका सम्बन्धमा पनि विवाद हुने गरेको थियो । २०७२ सालमा नेपालमा भूकम्प गएपछि चाहिँ नेपालकै भूगोलविद् र भूगर्भविद्हरूले पनि सगरमाथाको हिमाल बढेको हुनसक्ने भनी कुरो उठाउन थालेपछि नेपाल सरकारले पनि तदारुकताका साथ सगरमाथा हिमालको उचाइ घटेको वा बढेको के हो ? सत्य, तथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरूको टोली गठन ग¥यो । सो अध्ययन टोलीले आप्mनो प्रतिवेदनमा सगरमाथा हिमालको उचाइ पहिलेको भन्दा केही सेन्टिमिटर बढेको भनी सरकारलाई आप्mनो अध्ययन प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनलाई २३ मंसिर २०७७ (८ डिसेम्बर २०२०) मा औपचारिक रूपमा मान्यता दिइएको थियो । जसमा उत्तरी छिमकी चीन (जुन देशको स्वशासित क्षेत्र तिब्बतमा पनि सगरमाथा पर्छ, सगरमाथा हिमाल नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको छ)ले संयुक्त रूपमा सगरमाथा हिमालकोे नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटरलाई मान्यता दिएको छ ।
सगरमाथा हिमालको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन सुरु भएको छ
सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दा सन् सन् १९२२ मा सुरु भएको देखिन्छ । त्यसयता सन् २०२३ को वसन्त ऋतुसम्ममा नेपाललगायत विभिन्न देशका करिब ८ हजार पर्वतारोहीले (लगभग १२ हजारटक) सगरमाथा हिमाल आरोहण गरिसकेका छन् । सन् २०२३ मा सगरमाथा हिमालको आरोहण अनुमति जारी गरेबापत ६६ करोड ६४ लाख २० हजार नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी रकम नेपाल सरकारको मातहतमा रहेको पर्यटन विभागले संकलन गरेको थियो भने यस वर्ष पनि ५२ करोड नेपाली रुपैयाँबराबरको सलामी दस्तुर संकल गरिसकेको छ, पर्यटन विभागले । यसरी हेर्दा लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कयौं देशका पर्वतारोहीहरू ।
तर, सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आप्mनो देशको नाम विश्वभरि पैmलाउन र अजर अमर राख्नभन्दा पनि जसरी भए पनि चढ्नैपर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दाखेरि सगरमाथा हिमाल आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रूपमा फस्टाइरहेको देखिन्छ । जुन कारणले गर्दा सगरमाथा हिमाल आरोहण गर्नका लागि आप्mनो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा चाहिने स्टामिनाको कमी र हिमाल चढेको (खासगरी ७ हजार, ८ हजार मिटरन्दा अग्लो हिमाल) चढेको अनुभव नभए पनि जे–जसरी भए पनि सगरमाथा हिमाल चढेरै छाड्ने जिद्दीपनसहित पर्वतारोहीहरू आउन थालेका छन् । मौसमले साथ दिएन भने कसैको केही नलाग्ने हुनाले पर्वतारोहीले कयौं दिन उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३ मा बस्नुपर्ने हुन्छ ।
अन्तिममा भन्नु पर्दाखेरि गत ५ फेब्रुअरी, २०२२ मा बीबीसी नेपाली सेवाले आप्mनो अनलाइन संस्करणमा पछिल्लोपटक अपलोड गरेको–प्रकाशित रिपोर्टनुसार सगरमाथा हिमालको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्ष अघिदेखि तीव्र गतिमा पग्लन सुरु भएको छ । रिपोर्टनुसार लगभग ७ हजार ९ सय मिटरको उचाइमा रहेको साउथकोल र त्यस वरिपरि रहेको ग्लेसियरको बरफ पग्लिनेक्रम ८० गुणाले छिटो रहेको देखाएको छ । यसले के संकेत गर्दै छ ? लाटो–बुंगोले पनि सहजै अनुमान गर्न सकिने कुरो हो । ’cause, यसको संकेत भनेको अब सगरमाथा हिमालको आयु छोटिँदै छ, सगरमाथा हिमालको आयु घट्दै छ भन्ने हो ।
त्यसैले, केही गरी सगरमाथा हिमालको आयु लामो नै रहे तापनि सगरमाथा हिमालमा हिऊँ पर्न छाड्यो, अथवा भनौं बरफ जम्न पनि छाड्यो भने ढुंगैढुंगा र कडा चट्टानी भीर–पहरामा मात्रै चढेर सगरमाथा हिमालको शिरमा पुग्न ‘जस्तै मै हुँ’ भन्ने नामुद पर्वतारोहीलाई पनि धेरै गाह्रो अथवा असम्भवजस्तै हुनेछ । त्यस्तै, सगरमाथा हिमालको बेस क्याम्प पनि विगतको समयमा भन्दा १ सय ५० मिटर तल सरिसकेको भन्ने भनाइ छ ।






