काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन । अभिभावकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेझैं गर्दै आएको छ । ती नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारी अधिकारीबाट कुनै जवाफ आएको छैन ।
नेपाल सरकारले उहानमा रहेका नेपाली फर्काउन आनाकानी गर्दै आएको भन्दै अभिभावक सोमबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र यूएनको सम्पर्क कार्यालय जाने भएका छन् । अभिभावकले दबाब दिन र डब्लूएचओ मापदण्ड’bout जानकारी लिन दुवैको सम्पर्क कार्यालय जाने तयारी
गरेका हुन् ।
अभिभावकले दबाब स्वरूप आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले तत्काल आफन्तको उद्धार गर्न आयोगका पदाधिकारीसमक्ष आग्रह गरेका छन् । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै चीनमा रहेका नेपालीको उद्धार कार्य तत्काल अघि बढाउन भनेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नेपालीको यथाशीघ्र उद्धार गर्न अपिल गरे । वेब च्याटमा आयोगका अध्यक्ष अनुपराज शर्माले चीनको उहानमा रहेका नेपाली चिकित्सक गौरव पोखरेलसँग टेलिफोन संवादसमेत गरेका थिए । संवादका क्रममा उनले त्यहाँको स्थिति’bout बुझेका थिए । अभिभावकले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर आफन्तलाई उद्धार गरेर तत्काल ल्याउन माग
गरेका थिए ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी काम अघि बढाउन सकेको छैन । उद्धार र व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिए पनि ती समितिको कामको प्रभावकारितामाथि प्रश्न चिह्न उठ्न थालेको छ । अभिभावक उमेश सिंहले भने, ‘स्वास्थ्य मन्त्रालय निकम्मा भयो । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । तर, मन्त्रालय यही मितिमा ल्याउँदै छौं भनेर स्पष्ट जवाफ दिन मान्दैन ।’ अभिभावक दिनहुँ आफन्त फिर्ता ल्याइदिन गुहार माग्दै सरोकारवाला निकायसमक्ष पुग्ने गरेका छन् । नेपाल फर्कन चीनस्थित नेपाली राजदूतावासमा १ सय ८० जनाले फाराम भरेका छन् । उनीहरूका अनुसार खानेपानी, खाद्यान्नलगायतको अभाव सिर्जना हुन थालेको छ ।
उहानमा रहेका डा. रोशन कुँवरले पानी अभावका कारण शौचालयमा प्रयोग हुने पानी पिउन प्रयोग गर्नुपरेको बताए । उनले भने, ‘हामी मानसिक तनावमा छौंै । बाहिर निस्किने अवस्था छैन । हाम्रो माग भनेको छिटोभन्दा छिटो नेपाल सरकारले उद्धार गरोस् भन्ने हो ।’ कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । यस्तै, ३७ हजार ५ सय ५२ जनालाई संक्रमणको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।