एआईले उत्तर खोज्न नसक्ने प्रश्न

२०६२ साल तत्कालीन राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला देशमा आमूल परिवर्तनका लागि युद्धरत माओवादीलाई जनयुद्धको भुमरीबाट निकालेर शान्तिवार्ताको टेबुलमा ल्याउने ‘निमित्त नायक’ बन्नुभएको थियो । यसपछिको समय कांग्रेसको राजनीतिका लागि त्यति उत्पादक साबित हुन सकेको छैन । त्यसबेला सडकमा शान्ति अभियानका खेलाडी धेरै थिए । ती सबैका नायक बन्नुभएका गिरिजाप्रसाद कोइराला माओवादी नेतृत्वलाई बृहत् शान्ति सम्झौतामा सहमत गराउने आफ्नो मिसनमा त सफल हुनुभयो । तर, सभापति कोइरालाको यो सफलता कांग्रेस पार्टीका लागि भने झट्का साबित भयो । देश गणतन्त्रको रंगमा रंगिएपछि सभापति कोइरालालाई राष्ट्रपति बनाइने जुन आशा कोइराला स्वयंले र कांग्रेस पार्टीले राखेको थियो, शान्तिका अन्य अभियन्ताहरूले पनि राखेका थिए, त्यो आशा पूरा हुन सकेन । माओवादी र उसका सहयोगी कम्युनिस्ट दलहरूले नेपालमा गणतान्त्रिक शासन व्यवस्थाका लागि धेरै अघिदेखि अभियान चलाइरहनु भएका रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाए । कांग्रेस सभापति कोइरालाले रामराजाविरुद्ध डा. रामवरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुभयो । त्यतिबेला माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु भावनात्मक भूल थियो । पछिल्लो समयमा माओवादीका ‘सुप्रिमो’ प्रचण्डले पटकपटक यसप्रकारका भूललाई सम्झनामा राखेर हो कि बिर्सिएर हो, दोहो-याउने गर्नुभएको छ ।

गणतन्त्रको आगमनपछि प्रचण्ड तीनपटक प्रधानमन्त्री हुनुभयो । पहिलोपटक उहाँ आफ्नै बुतामा प्रधानमन्त्री हुनुभएको थियो । त्यसबेला भएको कटुवाल काण्डपछि उहाँले बिनाप्रतिरोध खुसुक्क राजीनामा दिनुभयो । दोस्रोपटक, उहाँ कांग्रेसको सद्भाव, सदाशय र सहयोगमा प्रधानमन्त्री हुनुभयो । तर, अन्त्यमा, कम्युनिस्ट एकताको मोहले उहाँ कांग्रेस छाडेर एमालेतिर लहसिनुभयो । तर, एमालेबाट जुन हिसाबको अपमान उहाँले बेहोर्नुप¥यो त्यो आफंैमा एकप्रकारको पीडा थियो । तेस्रोपटक प्रधानमन्त्री भएपछि कांग्रेसका नेता रामचन्द्र पौडेललाई सहमतिको राष्ट्रपति बनाउन निकै कसरत गर्नुभयो । त्यसपछिको समयमा माओवादी र कांग्रेसबीचको सहकार्य राम्रै चलेको थियो । कांग्रेस महासमितिको बैठकमा जिम्मेवार नेताले माओवादी जनयुद्ध’bout नकारात्मक टिप्पणी गरेकै कारण सहकार्य तोडियो । सम्भवतः त्यही घटनापछि कांग्रेस एमालेतिर लहसिएको थियो । यो पृष्ठभूमिमा नेपालको राजनीतिलाई हेर्ने हो भने परिवर्तनका लक्ष्यहरू लडखडाएको देखेर अचम्म मान्नुपर्दैन । एक त, नेपालले विकासका लक्ष्यहरू पहिल्याउनै सकेको छैन । अर्को, देशको गन्तव्य आन्तरिक विकास हो कि वैदेशिक रोजगारी ? त्यसैमा स्पष्ट हुन सकेको छैन ।

२०६२–६३ जनआन्दोलनपछि नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आमूल परिवर्तन आयो । कुनै राजनीतिक लगाम बेगर संग्रालिएर आएको यो परिवर्तन असंगठित थियो । एकातिर, आन्दोलनले देशलाई अव्यवस्थित बनाएको थियो भने अर्कोतिर, गणतान्त्रिक पद्धतिले कसरी काम गर्छ भन्ने ज्ञान कसैमा थिएन । अमेरिकामा यस्तो छ, जर्मनीमा उस्तो छ, भारतमा यस्तो छ र चीनमा उस्तो छ भन्ने सामान्य ज्ञानसम्म थिएन दलका नेताहरूलाई । नेताहरू आफ्नै भ्रामक मान्यताहरूमा लागे । बल्लतल्ल १०वर्षपछि २०७२ सालमा संविधान बन्यो । भुइँचालोले क्षत–विक्षत भएको देशमा एकथान संविधान बन्यो । संविधान बनेको दशक बित्न लागेपछि अब पार्टीका नेतामा चेतना आउन थालेको सामान्य लक्षण देखिन थालेका छन् ।

नेपाली समाज प्रभुत्ववाद (हिजेमोनिज्म)को प्रभावमा गाँजिएको छ । राजारजौटा र जमिनदार महाजनको समय त गुज्रिइसकेको छ । तर, उनीहरूको ‘आधिपत्य’ अप्रत्यक्षतः यथावत् कायम रहेको छ । कांग्रेसमा सांगठनिक महइभ्व बुझेका नेता धेरै छन् । तर, संगठन निर्माणमा ती कोही पनि सक्षम देखिएका छैनन्

आजको राजनीतिक सन्दर्भको विश्लेषण गर्ने हो भने २०७२ सालमा संविधान जारी भएयता र त्यसअघिको समयमा पनि सबैभन्दा बढी राजनीतिक घाटामा परेको पार्टी नेपाली कांग्रेस नै हो । २०६२ सालसम्म आदर्शवादी राजनीतिक, आर्थिक र सामाजिक समाजको प्रतिनिधित्व गर्ने यो पार्टी नयाँ किसिमको प्रतिस्पर्धामा धकेलियो । यसका नेताहरूले नेपालमा गणतान्त्रिक समाजको निर्माण कसरी गर्ने ? मेसो नै पाउन सकेनन् । २०४६ सालको परिवर्तनपछि कहिले एमालेसँग खेलेर, कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खेलाएर सत्ताको आनन्दमा रमाइरहेका कांग्रेसीहरू पहिलोपटक प्रतिस्पस्र्धाको धरापमा परे । सुशील कोेइराला प्रधानमन्त्री भएदेखि कांग्रेसमा रहेको घुटन थप बाक्लियो । नेताहरूको आपसी कलहका कारण राजनीतिको जरो राम्ररी मौलाउन पाएन । कांग्रेसका नेताहरू छिर्की खेलेर कसैलाई जिताउने र कसैलाई हराउने योग्यता त राख्दथे । तर, उनीहरूमा संयोजन र समायोजनको खुबी देखिएन । राजाको नेतृत्वमा चलेको निरंकुश पञ्चायती व्यवस्थाको विरोधमा तीखो आक्रमण गरेर व्यवस्थालाई धराशायी पार्ने नेता गणतन्त्रात्मक प्रतिस्पस्र्धामा चुके । उनीहरू नचुकेको भए वर्तमानको राजनीतिक अराजकता यति सारो संग्रालिने थिएन ।

कांग्रेसको अहिलेको गन्तव्य के हो ? प्रभावकारी ढंगले गणतान्त्रिक व्यवस्थाको उपयोग गरेर यो पार्टी देशलाई कहाँ पु¥याउन चाहन्छ ? यसका लक्ष्यहरू पार्टीको औपचारिक घोषणापत्रमा मात्रै सीमित छ कि देशलाई त्यो लक्ष्यभन्दा पर विकसित राष्ट्रका रूपमा प्रस्तुतगर्ने परिकल्पना पनि छ ? अहिले लोकप्रिय रहेका कांग्रेसका युवा नेताहरूमा त्यस्तो परिकल्पना देखिँदैन । सके सत्ताको शिखरमा पुग्ने, नसके पनि सत्ताको लहरमा भएपनि कुर्सी सम्हाल्ने अभिलाषा प्रबल देखिएको छ अहिलको युवा पुस्तामा । कतिपल्ट प्रधानमन्त्री बन्न पाइने, कतिपल्ट मन्त्री बन्न पाइने भनेर अंक गनाउँदैमा पार्टीभित्र पुस्तान्तरणको समस्या सल्टिदैन । यस्ता नाराले राजनीतिक समाजमा विकर्षण उत्पन्न गर्छ । यो कुरा सत्य हो कि सामाजिक सञ्जालको प्रचण्ड प्रभावमा परेको अहिलेको समयमा वाक्पटुताको महत्व अत्याधिक रहेको छ । तर, हाम्रो जस्तो इतिहासको प्रारम्भकालीन अवस्थादेखि अहिलेसम्म व्यक्तिको हुकुम, आदेश र परमादेशले चल्दै आएको अभिव्यक्तिविहीन समाजमा त्यो एउटा खुबीले मात्र राजनीति चल्दैन । त्यसो हुँदो हो त, कमजोर अभिव्यक्ति भएका कांग्रेस सभापति देउवाको अपरिहार्यता उहिले नै खण्डित भइसक्ने थियो ।

नेपाली समाज प्रभुत्ववाद (हिजेमोनिज्म)को प्रभावमा गाँजिएको छ । राजारजौटा र जमिनदार महाजनको समय त गुज्रिइसकेको छ । तर, उनीहरूको ‘आधिपत्य’ अप्रत्यक्षतः यथावत् कायम रहेको छ । कांग्रेसमा सांगठनिक महत्व बुझेका नेता धेरै छन् । तर, संगठन निर्माणमा ती कोही पनि सक्षम देखिएका छैनन् । प्रत्यक्ष चुनावमा हारेका नेताहरूले आफ्नो क्षेत्रमा गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गरेका घटना एक होइन दर्जनौं छन् । दुर्भाग्य कि त्यस्ता नेताहरूलाई चुनौती दिनसक्ने तरुण कार्यकर्ताको नेतृत्व पंक्ति अहिलेसम्म तयार हुन सकेको छैन । तयार भएका युवाहरू प्रभावकारी हुन सकेका छैनन् । आफ्ना बाबुबाजेका नामको टेको नलगाएर राजनीति, उद्योग–वाणिज्य र अन्य व्यवसायमा स्वतन्त्र र स्वावलम्बी भावले लागेका व्यक्तिको संख्या हामी कहाँ थोरै छैन । ती व्यक्तिले यो पीडा अझै बढी भोग्नुपरेको छ ।

लोकतान्त्रिक सभ्यताले भर्खर जरा गाड्न लागेको हाम्रो जस्तो पुरातन समाजमा आपूmलाई प्रगतिशील बताउने ठूला नेताले नै राजनीतिमा रहेको प्रभुत्ववादी स्वार्थलाई संस्थागत गर्न खोजेको स्पष्ट देखिन्छ । प्रभुत्ववादी समाजमा संविधान, ऐन–कानुन, नियम र आचरणको पालना गर्नुपर्दैन । नयाँ जमानाका जो नेता प्रभुत्ववादको विरोधमा लागेका हुन्छन् । तिनको खैरियत रहँदैन । नेपाली राजनीतिमा प्रभुत्ववादको प्रभाव नेपाली कांग्रेसमा मात्रै छैन । यो प्रभावबाट नेपालका कम्युनिस्ट पनि उत्तिकै प्रभावित देखिएका छन् । यस्तो मनोवैज्ञानिक अवस्थाबाट देशलाई कसरी मुक्त गर्ने हो ? यो प्रश्नको उत्तर ‘एआई’ले खोज्न सक्दैन, हामी आफैंले खोज्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् ४ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय