रोजगारीका लागि भारत गएका बालक सम्पर्क बिहिन

गुल्मी । रोजगारीका लागि भारत गएका गुल्मीका बालक हराएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका १४ बर्षिय बालक सागर परियार भारतको हरियाणा प्रान्तको फरिदाबाद सेक्टर नम्बर १८ बाट हराएको छिमेकी प्रसान्त खनालले जानकारी दिए ।

घरको आर्थिक अवस्था कमजोर भएपछि उनी रोजगारीका लागि दुई महिनाअघि छिमेकीसँग भारत गएका थिए । आर्घाखाँची जिल्लाको खनदहका एकजना आफन्तसँग फरिदाबादमा बस्दै आएका परियार चैत २८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारले जनाएको छ ।

छोरा हराएपछि खोजि गरी सहयोग गरिदिन परिवारले भारतमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् । कसैले फेला पारेमा भारतको लागि प्रसान्तको नम्बर ९७७५९२४७२३ अथवा नेपालको लागि बुबा जिवलाल परियारको नम्बर ९८६३१७४७२४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह