लोक संस्कृति नेपाली समाजको सम्पतिः सांसद तिवारी

स्याङ्जा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रतिष्ठानले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो २३ औं वार्षिक साधारणसभा शनिबार वालिङमा सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोक दोहोरीले नेपाली समाजको सम्पति भएको बताइन् । यसलाई जीवन्तता दिन सरकारले चासो दिनुपर्ने धारणा सांसद तिवारीको थियो । लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ सांसद तिवारीले भनिन्, ‘हरेक नागरिकको मनमा लोकगीत संगित अझै विद्यमान रहेको छ ।’ यस्ता कार्यक्रमहरु नव प्रतिभाहरुका लागि राम्रो अवसर भएकाले सोही अनुसार हामीले उपयोग गर्दै जानुपर्छ सांसद तिवारीले भनिन् ।

राज्य भनेको अभिभावक हो सांसद तिवारीले भनिन्,‘राज्यमा हामी फूल्न र खुल्न पाउनुपर्छ ।’ लोक संस्कृतिलाई जोगाउने र बचाउने दायीत्व हाम्रो काँधमा आएको छ उनले भनिन् । महिलाहरुका लागि पहिला गायन क्षेत्रमा निकै समस्या र चुनौति रहेको उल्लेख गर्दै सांसद तिवारीले देशमा लोकतन्त्र आएपछि केही सहज हुँदै आएको बताइन् । अझै पनि समाजमा महिलाहरु खुल्न नसकेको उल्लेख गर्दै तिवारीले सामाजिक संघ संस्थाकासाथै यस्ता कार्यक्रमहरुमा सहभागी भएर अगाडि बढ्न आग्रह गरिन् ।

हाम्रो घर आँगनमा आइरहेको तीज पर्वलाई सुसंस्कृत र मर्यादितरुपमा मनाउनुपर्नेमा उनले जोड दिए । तीजले नारीहरुको सुख दुःखको भोगाई बोल्ने सामाजिक परम्परालाई आत्मसाथ गर्दै मनाउनुपर्ने भन्दै गण्डकी प्रदेश सांसद तिवारीले भड्किलो होइन, आफ्नो परम्परागत मर्यादा कायम हुनेगरी मनाउन अनुरोध गरिन् ।

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित प्रतिष्ठानको २३ औं वार्षिक साधारणसभा कार्यक्रममा गायनसँगै आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठानको केन्द्रीय समितिको निर्णय अनुसार भदौ ८ गते एकैदिन देशभरका जिल्ला कार्य समिति र सो सरहका समितिहरुको वार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार स्याङ्जाले पनि आफ्नो २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित