सोसेक नेपालको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

दैलेख । सोसेक नेपालको २७ औं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । संस्था अध्यक्ष मञ्जू खड्काको सभापतित्वमा प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाको प्रमुख आतिथ्यतामा सोसेक नेपालको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संस्थाले छोटो समयमा नै थुप्रै काम गर्न सफल पनि भएकोले आगामि दिनको सफलताको शुभकामना दिदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

यस्तै प्रतिनिधिसभाकी साँसद सीताकुमारी रानाले सीमान्तकृतहरुलाई राज्यका निकायमा सहभागिता बढाउन पर्नेमा जोड दिइन् । संस्थाले गरेको योगदानको प्रशांसा गर्दै उनले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सोसेक नेपालले सञ्चालन गरिरहेका परियोजनाले महिला, दलित, जनजाति, बालबालिका र पिछडिएको जाति, वर्ग, क्षेत्रको जीवनस्तर उठाउन सञ्चालन गरिएका गतिविधिहरु लक्षित समुदायलाई प्रतिफल पु¥याउने काममा कतै पनि कमजोरी नहोस् भन्दै उनले सुझाव दिइन् ।

कार्यक्रममा जिल्ला समन्वय सतिकाका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष देबीराम बडुवालले सोसेकको वार्षिकोत्सवमा सफलताको शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम