जनताको पैसामा जनप्रतिनिधि र कर्मचारीको रजाईं !

बिराटनगर । राजधानीको टीम बिहीबार करिव १ बजे मोरङको सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचोक पुग्यो। गेटको बाहिर पट्टी केही मानिसहरु गफ गर्दै भन्दै थिए नगर प्रमुख केदारप्रसाद गुरागाई,उप प्रमुख अंकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहित वडा अध्यक्षहरु श्रीमान श्रीमती लिएर अवलोकन भ्रमणको नाममा राज्यको ढुकुटीको दुरुपयोग गरेर मुगुको रारा ताल घुम्न गए भनेर ।

नगर प्रमुखसहित जनप्रतिनिधि र कर्मचारी गरी करिव तीन दर्जन मानिस रारा ताल घुम्न निस्किएका हुन्। नगरपालिकामा खासै चहल पहल न देखिएपछि अकस्मात एक कर्मचारीसँग भेट भयो। ती कर्मचारी भन्दै थिए सडक खाल्डखुल्डी छ बरु त्यो पुरेको भए हुन्थ्यो।

जम्बो टोली लिएर नगर प्रमुख गुरागाई पुगे रारा ताल

जनता सिटामोल नपाएर मर्नु पर्ने बाध्यता छ जनप्रतिनिधि र कर्मचारीहरु यति बेला अवलोकन भ्रमणको नाममा राज्यको सम्पति दुरुपयोग गरेर घुम निस्किनु गलत भएको ती कर्मचारीले बताए। जनता सिटामोल नपाएर छट्पटाई रहेका बेला जम्बो टोली लिएर हिड्न पटकै सुहाएन,ती कर्मचारीले भने,’मलाई लाग्छ १५ लाख भन्दा माथि खर्च हुन्छ त्यो पैसाले त गरिव जनतालाई औसधी उपचार र रोजगारी सिर्जना गरेको भए हुने थियो घुमेर के नै पाईन्छ र ?’

एक जना सेवाग्राही भन्दै थिए सबैले जोडी-जोडी लिएर गएको भन्ने सुन्नमा आएको छ के जनताबाट उठाएको करले मोजमस्ती गर्ने मिल्छ ? अर्का सवाग्राही समेत रहेका सुन्दरहरैचाका शिक्षा प्रेमी तथा राजनीतिक व्यक्तित्व महेश आचार्यले सामाजिक संजाल फेसबुक स्टाटस लेख्दै भनेका छन्.’ बाटोका खाल्डा पुर्नु पैसा छैन । बिद्यालय अनुमानि दिनु धरौटी चाहिन्छ । नगर पालिकालाई डोनेसन् चाहिन्छ । आखिर किन ?

जनप्रतिनिधि राजा जस्ता जनता रैति त्यो किन ? घर नक्सा पास नौटंकी नै बढी राजश्वको कुरै नगरौ । कर्मचारी कोहि ब्रदान पाए जस्ता कोहि खानु नपाए जस्ता । बाटोमा जोडिएको सि सि मर्मत गर्नु बजेट छैन । बजेट छैन,बजेट छैन,बजेट छैन । देखो तमासा कंग्रेस/एमालेको । काकाले रिसाउदिन भन्नू भएको छ । साञ्चै नरिसाउनु होला । अनि बाऊको वारेमा पनि लेख्नु भन्नू भएको छ । लेख्छु बाऊका ’boutमा पनि ..!

धेरै जनप्रतिनिधिहरुले रारा ताल पुगेर टिकटक बनाएको भिडियो पनि अहिले सामाजिक संजालमा भारल भनिरहेको छ। यस बिषयमा एक वडा सदस्यसँग बुज्न खोज्दा को -को गए किन गए र कहिले आउने भन्ने ’bout आफूलाई जानकारी नभएको बताएका छन्। यता वडा नम्बर १२ का अध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका रोशनप्रसाद ढकालले भने अवलोकन भ्रमणमा जाने कुरा ठिक भएको भएता पनि समय उहित नभएको बताए।

यस बिषयमा मलाई धेरै नसोध्नुहोस् कहिले फर्किने भन्ने मलाई पनि थाहा छैन। यो ’bout अहिले म यति मात्र भन्छु बाँकीकुरा पछि गरौला भन्दै पन्छिए। वडा नम्बर ११ र १२ का अध्यक्ष भने भ्रमणमा गएका छैनन्। वडा नम्बर ११ वाड अध्यक्ष विशनलाल चौधरी कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिईएको छ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता