काठमाडौं । मिडिया एलाइन्स नेपालले मूलधारका सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको छ ।
मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई मन्त्रालयमा भेटेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउँदै कोरोना महामारी, आर्थिक मन्दीलगायत कारण धराशायी बनेको सञ्चार गृहका समस्या समाधानमा सहयोग गरिदिन आग्रह गरेको हो ।
मिडिया एलाइन्सका अध्यक्ष राजकर्णिकारले आमसञ्चारमाध्यमलाई दिने विज्ञापनको रकमको सीमा भेटमा एलाइन्सले सामाजिक सञ्चालमा विज्ञापन रोक्नसमेत माग गरेको छ । नलाग्ने व्यवस्था गर्न, मदिराजन्य पदार्थको विज्ञापनमा लगाइएको रोक फुक्का गरिदिन, सञ्चारमाध्यमले तिर्न पर्ने करमा सहुलियत दिन, श्रमजीवी पत्रकार तथा कर्मचारीको पारिश्रमिक एवं मिडियाको दैनिक सञ्चालन खर्चका लागि बढीमा ३ प्रतिशत ब्याजदरमा १० करोडसम्म सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न मन्त्री भण्डारीसमक्ष माग गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले एलाइन्सले राखेका माग’bout अरू मन्त्रालयसँग पनि समन्वय गरेर समस्या समाधानको पहल गर्ने आश्वासन दिए । यसैबीच, मिडिया एलाइन्स नेपालले आइतबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको छ ।
भेटका क्रममा एलाइन्सले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै सूचना तथा सञ्चारमन्त्री एवं सरकार प्रवक्ता गुरुङले एलाइन्सले राखेका माग’bout चाँडोभन्दा चाँडो अन्य मन्त्रालयसँग पनि समन्वय गरेर समाधानको पहल गर्ने आश्वासन दिए । सञ्चार क्षेत्रमा देखिएका नीतिगत समस्या पनि छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
सञ्चार क्षेत्रमा २०१४ सालदेखिका नीतिहरू रहेको बताउँदै मन्त्री गुरुङले त्यसलाई समयानुकूल परिमार्जन गरी समयसापेक्ष नीतिनियम बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । मिडिया एलाइन्सले यसअघि पनि सञ्चार उद्योगमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पनि ध्यानाकर्षण गराएको थियो ।






