बझाङ । बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । विहीबार विहान करिब ७ः३० बजे तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो । राजमार्ग अबरुद्धका कारण जिल्लाबाट छुट्ने र जिल्लाभित्र भित्रिने लामो तथा छोटो दुरिमा चल्ने सबै सवारीका साधनहरू ठप्प भएका छन् भने यात्रु अलपत्र परेका छन् ।
लगातार पहिरो खसिरहेका कारण सडक खुलाउन पनि समस्या भएको बस ब्यावसायी जोगबहादुर दौल्यालले जानकारी दिए । विहान बझाङबाट धनगढी, काठमाडौ, महेन्द्रनगर र डडेल्धुरा का लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दौल्यालले बताए ।
सडक खुलाउने प्रयासमा आफुहरू लागि परेको र पहिरो खसिरहेका कारण समस्या भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)






