समस्याको चपेटामा किसान

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण किसान समस्यामा चपेटामा परेका छन् । संक्रमणको त्रासका कारण किसानलाई खेतमा पाकेको बाली घरमा भियाउन समस्या भएको छ । एक स्थानीय तहबाट अर्का स्थानीय तहमा जान नपाउँदा किसानलाई गहुँ बाली भिœयाउनका साथै नयाँ बाली लगाउन समस्या भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि गरेको लकडाउनले किसानलाई आप्mनो खेतबारीमा काम गर्न जानसमेत समस्या भएको छ । मुलुक लकडाउन भए पनि अत्यावश्वक खाद्यवस्तु तथा कृषिजन्य वस्तुको ढुवानी सहजीकरण गर्ने सरकारको निर्णय छ । तर, कतिपय स्थानीय तहमा त्यसको सही रूपमा कार्यान्वयन नभएको स्थानीय कृषकको भनाइ छ । विभिन्न ठाउँमा खेत जोत्न लिएको ट्याक्टर स्थानीय प्रहरीले नियन्त्रणमा लिने गरेको नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन् ।

लकडाउनमा अत्यावश्वक खाद्यवस्तु तथा कृषिजन्य वस्तुको ढुवानी सहजीकरण गर्ने सरकारको निर्णय भए तापनि स्थानीय तहमा त्यसको कार्यान्वयन नहुँदा किसान थप समस्यामा

अध्यक्ष बस्नेत भन्छन्, ‘लकडाउनकै कारण किसानले एक ठाउँबाट अर्को ठाउँ सहज रूपमा जान पाएका छैनन् । व्यवसायिक खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारी तथा मासुजन्य बस्तु कुखुरा अन्डा बिक्री वितरण गर्न नपाएपछि खेतबारीमै कुवाउनुपरेको छ ।’ उत्पादन गरेको तरकारी बिक्री वितरण गर्न नपाएपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । गाईभंैसी तथा कुखुरालाई खुवाउने दाना नपाएपछि भोकै राख्ने परेको किसानको गुनासो छ । कुखुरा व्यवसाय गर्ने किसानले कुखुरा बिक्री नहुँदा यतिकै खाल्डोमा हाल्ने गरेको बताउँछन् । तरकारी तथा दुग्ध उत्पादक किसानभन्दा ठूलो समस्या कुखुरापालन व्यवसाय गर्ने किसान मर्कामा परेका अध्यक्ष बस्नेत बताउँछन् ।

अहिलेको समय गहँ बाली भियाउने, चैते धान र मकै बाली लगाउने समय भएकाले किसानलाई गहुँ बाली भिœयाउन, धान र मकै लगाउन धेरै समस्या भएको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी बताउँछन् । लकडाउनले किसानलाई मकैको बीउ र खेतमा हाल्ने मलसमेत नपाइने समस्या भएको उनको भनाइ छ ।

अधिकारी भन्छन्, पछिल्लो समय नेपालमा आधुनिक कृषि व्यवसायका नाममा धेरै किसानले हाइब्रिड बीउको प्रयोग गर्ने हुँदा किसानले आजभोलि घर बीउ नै नराख्ने प्रवृतिले देशमा साना समस्या उत्पादन हुँदा कृषि बाली लगाउनसमस्या हुनेगरेको छ । नेपाल कृषि प्रदान देश भए तापनि नयाँ आधुनिक प्रविधिको प्रयोग र अर्काे देखासेकीले गर्ने प्रवृतिले नेपाली कृषक दिनदिनै परनिर्भर हुँदै गएको अधिकारीको भनाइ छ । उनले भने, ‘मुलुक लकडाउन भए पनि किसानलाई खेती गर्न कुनै समस्या हुनुनपर्ने थियो । तर, सबैभन्दा धेरै समस्या कृषकलाई नै भएको छ । किनभन्दा अहिले धान मकै लगाउन न किसानसँग बीउ छ नत कृषकसँग खेतबारीमा राख्ने मल छ ।

लकडाउनले बीजबिजन रासायनिक तथा प्रांगारिक मल, जीवनाशक विषादी बिक्री वितरण गर्ने पसल बन्द हुँदा किसाललाई खेतबारीमा नयाँ बाली लगाउन समस्या भएको हो । किसानले आफंै बीउबिजन राख्ने हो भने देशमा जस्तो समस्या आए पनि किसानलाई बाली लगाउन बीउबिजनमा समस्या हुने थिएन । अहिले सबै किसानले हाइब्रिड बीउ प्रयोग गर्ने हुँदा लकडाउनले बीउबिजन बिक्री वितरण गर्ने पसल बन्द हुँदा किसानलाई खेतमा लगाउन बीउकै समस्या भएको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार मुलुक लकडाउनले तरकारी व्यवसायी कृषकभन्दा केरा खेती गर्ने व्यवसाय र कुखुरा व्यवसायी र दूध उत्पादन गर्ने कृषक मर्कामा परेका छन् ।

चितवनमा १० बिघा जमिनका तरकारी खेती गर्दै आएका राजेन्द्र राईमाजीका अनुसार काठमाडौंलाई केन्द्र मानेर तरकारी खेती गर्दै आएका किसानलाई लकडाउनले ठूलो समस्या भएको बताउँछन् । लकडाउनले काठमाडौंमा तरकारीको खपत कम हुन थालेपछि किसानको उत्पादन भएको तरकारी बिक्री वितरण नहुँदा समस्या भएको उनको भनाइ छ । बजारमा तरकारीको माग कम भएपछि लगात मूल्यभन्दा कममा तरकारी बिक्री गर्नुपरेको राईमाजी बताउँछन् । विशेष गरेर हरियो तरकारीमा मोटो खुर्सानी, गोलभेडालगायतका तरकारी बाली लगाउने गरेको उनी बताउँछन् । यहाँ दैनिकजस्तो करिब ५० हजारदेखि १ लाखसम्मको कारोबार हुने गरेको बताउँछन् ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार लकडाउनले कुखुरा व्यवसायमा दैनिक २१ करोड ९५ लाखको नोक्सानी हुनेगरेको छ । अहिले ढुवानी समस्याका कारण किसानले खोरमा तयार भइसकेका कुखुरा बेच्न नसक्दा नयाँ चल्ला हाल्न नसकेको बताउँछन् । उनी कुखुरालाई दाना खुवाउन किसानलाई धेरै नै समस्या भएको बताउँछन् । जसका कारण नयाँ उत्पादन भएका करिब ४२ लाख चल्लालाई खाल्डो खनेर पुर्नुपरेको उनको भनाइ छ । पोल्टी उद्योगमा लकडाउनले किसानलाई ठूलो धक्का पुगेको पोखरेल बताउँछन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले देशभरि उत्पादन हुने दूधको ३० प्रतिशत मात्र दूध बिक्री वितरण हुनेगरेको बताए । लकडाउनले दुग्धजन्य उत्पादन बिक्री नहुँदा किसानले उत्पादन गरेको सबै दूध उठाउन डेरीलाई ठूलो समस्या भएको बताउँछन् । दाहालका अनुसार देशभर संकलन र बजारको हिसाब गर्दा हालसम्म देशभरि २ अर्बभन्दा बढीको दूध नोक्सान भएको छ । सबै डेरीमा गरेर ५ अर्ब मूल्य बराबरको सामान स्टक रहेको दाहाल बताउँछन् ।

सरकारले अत्यावश्यक खाद्यान्न तथा अन्य कृषिजन्य वस्तु तरकारी तथा दूधलगायत ढुवानी गर्ने साधानलाई अवरोध नगर्ने भने पनि सबै ठाउँमा सामान ओसारपसार गर्न समस्या भएको उनी बताउँछन् । दूध संकलन गर्ने तर बजार नबढ्ने हो भने अब उद्योग बन्द गर्नुको बिकल्प नभएको महासचिव दाहालको भनाइ छ । दूध तथा दुग्धजन्य वस्तु बिक्री वितरण नहुँदा किसानलाई दिनुपर्ने भुक्तानी दिन समेत समस्या भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 898 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा